टेक्सासको युलेसमा मेघा होली कार्यक्रम

टेक्सासका बिभिन्न स्थानमा होली पर्ब बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईयो ।

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
रँगहरुको पर्ब होलीलाई नेपालीहरुले बिदा गरेपनि प्रवासमा रहेका नेपालीहरुले शनिबार पनि धुमधामसँग होली पर्ब मनाएका छन । अमेरिकाको टेक्सासमा नेपाली समुदायहरुले होली पर्ब बिभिन्न कार्यक्रमका साथ मनाएको समाचार घण्टेश्वर अनलाईनलाई प्राप्त भएको छ । होली पर्बको दिनमा अमेरिकामा सार्बजनिक बिदा नहुने र काममा ब्यस्त हुने भएकाले नेपालीहरुले सबैको अनुकुल पर्ने गरि होली पर्बको अघि वा पछि शनिबार तथा आईतबार बिदाको दिन पारेर बिभिन्न कार्यक्रमको आयोजना गरि होली मनाउदै आएका छन ।
नेपालीहरुको बाक्लो बसोबास रहेको टेक्सासको युलेसमा आज मेघा होली कार्यक्रम सम्पन्न भएको छ ।
युलेस नेपाली समाज र हिमालय खबर अनलाईनको सँयुक्त आयोजनामा Brar Creek Park युलेसमा भएको होली कार्यक्रम अहिलेसम्मकै बृहत भएको युलेसबासी नेपालीहरुले बताएका छन ।

युलेस सिटी काउन्सिल सदस्य टिका पौडेलको सँयोजनमा भएको उक्त होली कार्यक्रममा बालक देखि बृद्धसम्म सबैले एक आपसमा रँग लगाएर होली सम्बन्धि गीतमा झुमेका थिए । युलेस निबासी तथा गैर आवासिष्य नेपाली सँघ अमेरिका टेक्सास च्याप्टरका अध्यक्ष सोफिन थापा रँगहरुको पर्ब होलीले नेपाली समुदायलाई एकिकृत गर्नमा सहयोग गरेको बताउनु हुन्छ ।
होली नेपालीहरुको एउटा महत्वपूर्ण चाड हो । प्रवासमा रहेका नेपाली समुदायहरु मिलेर चाडपर्ब मनाउदा नेपाली भाषा, धर्म, सँस्कृति, पहिचानको सँरक्षण हुन्छ भने अर्को नेपाली सँस्कृतिलाई पुस्तान्तरण गर्नमा पनि सहयोग पुग्छ , सामाजिक अभियन्ता तथा गैरआवासिय नेपाली सँघ टेक्सास च्याप्टरका अध्यक्ष थापाको धारणा रहेको छ ।

 सुदूरपश्चिम नेपाली समाज टेक्सासले पनि आज ग्रेपभाईन पार्कमा होली पर्ब मनाएको छ । कार्यक्रममा टेक्सासका बिभिन्न स्थानमा बसोबास गर्ने सुदूरपश्चिमबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
समाजका अध्यक्ष नवराज नाथका अनुसार होली कार्यक्रममा एकआपसमा रँग लगाएर शुभकामना आदान प्रदन गर्नुका साथै सहभागिहरुले सुदूरपश्चिमको प्रसिद्ध सँस्कृति डेउडा खेलेका थिए ।


यस्तै ग्रेटर अस्टिन नेपाली समाज अस्टिनको आयोजनामा समाजको सामुदायिक भवनमा बृहत होली कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बालबालिकाको लागि बिभिन्न कार्यक्रम, नेपाली खानाको प्रदर्शन, एक आपसमा रँग लगाएर शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष भोजराज भट्टले जानकारी दिनु भयो । कार्यक्रममा टेक्सासको राजधानी अस्टिनका बिभिन्न स्थानका बसोवास गर्ने नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.