शिखर नगरपालिकाको कालागाडमा आँखा उपचार केन्द्र स्थापना

आँखा शिबिरबाट ८ सय ६० जना लाभान्वित

घण्टेश्वर अनलाईन
दिपायल
शिखर नगरपालिका वडा नं. २ कालागाडमा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । उक्त आँखा उपचार केन्द्र स्थापनाको लागि शिखर नगरपालिकाले गेटा आँखा अस्पतालसँग समन्वय तथा आबश्यक सहयोग गरेको थियो । कालागाडमा स्थापना भएको आँखा उपचार केन्द्र नेपाल नेत्र ज्योती सँघ, गेटा आँखा अस्पतालको २० औं शाखा रहेको शिखर नगर पालिकाका स्वास्थ्य शाखा प्रमुख हरिष शाहले जानकारी दिनु भयो ।
यसै गरि शिखर नगरपालिकाको सहयोगमा गेटा आँख अस्पतालद्धारा पचनालीमा सन्चालन गरिएको दुई दिने आँखा उपचार शिविरबाट सयौं स्थानीय बासिन्दाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन । कुल ८ सय ६० जनाको आँखा परिक्षण गरिएकोमा नगरपालिकाको सहयोगमा २ सय ५ जनामा मोतिबिन्दुको सफल शल्यक्रिया गरिएको स्वास्थ्य शाखा प्रमुख हरिष शाहले जानकारी दिनु भयो ।
शिबिरमा आएका आँखाका बिरामीहरुको नि:शुल्क चेकजाँच तथा औषधि वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.