बोगटानका महिला स्वयंसेविकाहरूलाई आधारभूत तालीम

घण्टेश्वर अनलाईन
बोगटान, डोटी
बोगटान फुड्सिल गाउँपालिकाले समुदायमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुको क्षमता अभिबृद्धि गरेको छ । समुदायमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आधारभूत ज्ञान सीप दिने उद्देश्यले क्षमता अभिबृद्धि गरिएको गाउँ पालिकाले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीको सहयोगमा बोगटान फुड्सिल गाउँ पालिकाले १० दिने आधारभूत तालिम आयोजना गरिएको थियो । प्राथमिक स्वास्थ्य केन्द्र केदार अखडाको सभाकक्षमा सन्चालन गरिएको उक्त तालीममा सिमचौर, कानाचौर र केदार अखडा गरी ३ वटा वडाका १५ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको         थियो ।
उक्त तालीममा समुदायमा सामान्य रोगको उपचार तथा परामर्श, खोप, परिवार नियोजन, पोषण र सुरक्षित मातृत्व लगायतका बिषयमा महिला स्वास्थ्य स्वयंसेबिकाहरुलाई आधारभूत जानकारी दिईएको थियो । महिला स्वास्थ्य स्वयंसेबिकाको रुपमा छनौट भएपछि दिईने आधारभूत तालीम बिगत केहि बर्ष यता हुन सकेको थिएन ।
तालीममा सामुदायिक स्वास्थ्य अधिकृत तपेस खड्का, हे.अ पारस बोहरा, अ.हे व .शिशिर बोगटी, सिनियर अ.हे.व कृष्ण साउद र गोरख बुढाले सहजिकरण गर्नु भएको बोगटान फुड्सिल गाउँ पालिका स्वास्थ्य शाखाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.