घण्टेश्व। अनलाईन
दिपायल
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि बिजयराज ओझाले आदर्श गाउँ पालिका वडा नं ७ स्थित दहकालिकास्थान स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको छ ।
पूर्ब मन्त्री तथा नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरकोे पहलमा सँकलन भएको करिब चार लाख बराबरको स्वास्थ्य सामग्री नेता ओझाले स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीहरुमा अक्सिजन कन्सट्रेटर मेसिन, पल्स पिपिई सेट, सर्जिकल मास्क, ग्लोब्स, , रेपिड टेस्ट किट, गावन लगायतका सामाग्रीहरु रहेका छन ।
बिकट क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुगोस भनेर नेपाली काँग्रेसको पहलमा स्वास्थ्य सामग्री सँकलन गरेर हस्तान्तरण गरिएको नेता ओझाले बताउनु भयो । ओझाले उक्त स्वास्थ्य सामग्रीको ढुवानी खर्च आफुले ब्यक्तिगत रुपमा व्यहोरेको बताउनु भयो । ्
स्वास्थ्य चौकीमा आयोजना गरिएको एक कार्यक्रमका बिच स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्यक्रममा नेपाली काँग्रेस आदर्श गाँउ कमिटी सचिव हरी ओझा , दलित विद्यार्थी संघ जिल्ला अध्यक्ष जगदीश नागरी ,वडा सभापति लालबहादुर विष्ट, वडा सचिव विश्वनाथ कापडी , कृष्ण दाहाल लगायतको उपस्थिति रहेको थियो ।