जिल्ला अस्पताल डोटीको अध्यक्षमा धनबहादुर नेपाली नियुक्त

घण्टेश्वर अनलाईन
सिलगढी
जिल्ला अस्पताल डोटीको अध्यक्षमा युवा नेता धनबहादुर नेपाली नियुक्त भएका छन । सुदूरपश्चिम प्रदेश सरकारको हालैको निर्णय अनुसार नेपालीलाई जिल्ला अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

सायल गाउँपालिका वडा नं. १ छपाली निवासी नेपाली नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी) का नेता हुन । यस अघि नेपालीले अनेरास्ववियु तथा नेकपा(एमाले) का बिभिन्न जिम्मेवारीमा रहेर काम गरि सक्नु भएको छ । नव नियुक्त अध्यक्ष नेपालीले जिल्ला अस्पतालबाट प्रदान गरिने सेवालाई गुणस्तरीय बनाउने आफ्नो पहिलो प्रयास हुने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.