घण्टेश्वर अनलाईन सिलगढी
नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले जिल्लाका बिभिन्न गाउँ तथा नगरपालिका र वडा कार्यालयलाई बिपद पूर्ब तयारी सामाग्री हस्तान्तरण गरेको छ । बिपद् जोखिमका दृष्टिकोणले उच्च रहेका क्षेत्रमा पूर्ब तयारीमा सहयोग पुर्याउने उद्देश्यले सामग्रीहरु हस्तान्तरण गरिएको रेडक्रस डोटीले जनाएको छ । रेडक्रस डोटी शाखाको सहजिकरणमा सन्चालित पश्चिम विपद् पूर्व तयारी परियोजना अन्तरगत उक्त विपद प्रतिकार्य सामाग्री हस्तान्तरण गरिएको जनाईएको छ ।
रेडक्रस डोटीले दिएको जानकारी अनुसार सामग्री हस्तान्तरण गरिएका स्थानीय तहहरुमा उक्त परियोजना संचालित डोटीको शिखर नगरपालिका तथा वडा नं ८, १० र ११ नम्बर वडा कार्यालय, पूर्विचौकी गाउँपालिका तथा वडा नं १ र ४ नम्बर वडा कार्यालय रहेका छन ।
वितरण गरिएका सामग्रीहरुमा बिभिन्न विपदलाई समाधान गर्न आवश्यक पर्ने सामग्रीहरु, ब्यक्तिगत सुरक्षा सामाग्रीहरु जस्तै हाप जाकेट, सेल्फ हेल्मेट, माक्स, रेनकोट, लाइफ जाकेट, हेड ल्याम्प लगायतका ३० वटा बिपद सामग्री रहेकोे पश्चिम विपद् पूर्व तयारी परियोजनाका फिल्ड सँयोजक रबिन ढकाल ले जानकारी दिनु भयो ।
ती सामग्रीहरु परियोजनाको सहजिकरणमा गठन भएका सामुदायिक विपद् तथा जलवायू उत्थानशिल समितिलाई क्रमश वितरण गरिने बताइएको छ ।
स्थानीय तह तथा १२ वटा सामुदायिक बिपद ब्याबस्थापन समितिलाई वितरण गरिएका सामग्रीहरु १९ लाख रकम बराबरको रहेको नेपाल रेडक्रस सोसाईटीका प्रदेश महासचिब देब वोहराले जानकारी दिनु भयो ।