भूमि आयोग डोटीको अध्यक्षमा जँग बिक नियुक्त

घण्टेश्वर अनलाईन
सिलगढी, डोटी
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द) डोटीका नेता जँग बिक भूमि सम्बन्धि समस्या समाधान आयोग डोटीको अध्यक्ष पदमा नियुक्त भएका छन ।
भूमि सम्बन्धि समस्या समाधान गर्न बनेको आयोगका अध्यक्षको रूपमा नियुक्त बिकले आजै पद तथा गोपनियताको सपथ लिएका छन । आयोगको अन्य २ जना सदस्यहरु सत्ता गठबन्धन दलबाट नियुक्त हुने बताईएको छ ।
डोटी बडिकेदार गाउँ पालिका वडा नं. १ घर भएका बिक पार्टीको बिभिन्न तहमा रहेका काम गरि सक्नु भएको छ । माओवादी केन्द्रको जिल्ला संयोजक भई काम गरिसकेका बिक नेकपा(एमाले) र माओवादी केन्द्र बिच एकीकरण भई बनेको नेकपा हुँदा जिल्ला सचिबको समेत जिम्मेवारीमा थिए । हाल माओवादी केन्द्रको प्रदेश कमिटी सदस्य पदको जिम्मेवारीमा हुनु   हुन्छ ।

Leave A Reply

Your email address will not be published.