
घण्टेश्वर अनलाईन
सिलगढी, डोटी
प्रदेश युवा परिषद मातहत रहेको जिल्ला युवा सशक्तिकरण समिति डोटीमा ९ सदस्यीय जिल्ला समिति गठन गरिएको छ । समितिमा पदाधिकारी तथा सदस्यहरु नियुक्त गरिएपछि जिल्ला समितिले पूर्णता पाएको हो ।
समितिका पदाधिकारीहरुका उपाध्यक्ष पूर्बिचौकी गाउँ पालिकाका गणेशबहादुर बोगटी, केआई सिंह गाउँपालिकाकी निर्मला अवस्थी कोषाध्यक्ष नियुक्त भएका छन ।
यसैगरि सदस्यहरुमा क्रमस : दिपायल सिलगढी नगरपालिकाबाट सर्मिला रायमाझी, दलबहादुर साउँद र दुर्गाकुमारी कामी, आदर्श गाउँपालिकाबाट रणबहादुर बिष्ट, जोरायल गाउँपालिकाबाट योगेन्द्रकुमार ओली, बोगटान गाउँपालिकाबाट मानबहादुर कुँवर रहेको जिल्ला युवा सशक्तिकरण समिति डोटीले जनाएको छ । यसअघि समितिको अध्यक्षमा सुदूरपश्चिम प्रदेश सरकारबाट केआईसिंह गाउँपालिकाका प्रकाश जैशीलाई नियुक्त गरिसकेको छ ।