निर्माण व्यवसायी सँघ डोटीमा नयाँ नेतृत्व

घण्टेश्वर अनलाईन
सिलगढी
निर्माण व्यवसायीहरुको सँगठन निर्माण व्यवसायी सँघ डोटीको अध्यक्षमा घनश्यामदत्त पाठक चयन भएका छन । दिपायल सिलगढी नगरपालिकाको सभाकक्षमा शनिबार सम्पन्न सँघको आठौं साधारण सभाले पाठकको अध्यक्षतामा १७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । सँघका अनुसार नेतृत्व सर्बसहमत चयन भएका हुन ।
सँघको नयाँ कार्य समितिका पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष बमबहादुर खड्का, उपाध्यक्ष तेज बोहरा महासचिव केपी माझी, उप–महासचिव शिवबहादुर खड्का, सचिव अनुज श्रेष्ठ, कोषाध्यक्ष शिव साउद रहेका छन् ।
यसै गरि सदस्यहरुमा क्रमस राजेश भट्ट, पुष्कर नेगी, गणेशबहादुर ऐर, कृष्णबहादुर लुहार, अम्मरराज उपाध्याय, रूपेश श्रेष्ठ, सुशील मलासी, जगत खडका, डम्बर विष्ट र भेषराज जोशी सर्ब सहमत निर्बाचित हुनु भएको सँघले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.