साँफेबगर नगरपालिकाले जेष्ठ नागरिकहरुलाई देशदर्शन गरायो

घण्टेश्वर अनलाईन
साँफेवगर अछाम
अछामको साँफेबगर नगरपालिकाले नगर क्षेत्रभित्रका ज्येष्ठ नागरिकहरुलाई देश दर्शन गराएको छ । देश दर्शन कार्यक्रममा नगरपालिकाले नगर क्षेत्र भित्रका २८ जना जेष्ठ नागरिकहरुलाई देशका प्रमुख धार्मिक स्थलहरुमा भ्रमण गराएको नगरपालिकाले जनाएको छ । जेष्ठ नागरिकहरु देश दर्शन कार्यक्रम अन्तरगत नौ दिने भ्रमण सकेर बुधबार अछाम पुगिसकेको नगर प्रमुख कुल कुँवरले जानकारी दिनु भयो ।
जेष्ठ नागरिकहरुलाई डडेल्धुराको उग्रतारा, नेपालगञ्जको बागेश्वरी, लुम्बिनी, नवरपरासीको मन्दिर, पशुपतिनाथको दर्शन, मनकामना केबुलकारको यात्रा, पोखरा, बुटवल, सुर्खेतको देवती बजै लगायतका देशका महत्वपूर्ण धार्मिक क्षेत्रको भ्रमण गराईएको थियो ।
जेष्ठ नागरिकहरुलाई बृद्ध अवस्थामा बिभिन्न धार्मिक स्थलको दर्शन गर्ने चाहना पुरा गराउने तथा जेष्ठ नागरिकहरुलाई एकै ठाउँमा जम्मा गराएर अनुभव साटासाट गराउने रदस्ताबेजिकरण गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
कोरोनाका महामारीका कारण लामो समय घर बाहिर निस्कन नपाउदा भएको दिक्दारीपन हटाउन देश दर्शन कार्यक्रमले सहयोग पुगेको जेष्ठनागरिकहरुले बताएका छन ।

Leave A Reply

Your email address will not be published.