जोरायलमा अध्यक्ष कप जिल्ला स्तरीय भलिबल प्रतियोगिता शुरु

All time tax

घण्टेश्वर अनलाईन
जोरायल
जोरायलमा अध्यक्ष कप जिल्ला स्तरीय भलिवल प्रतियोगिता शुरु भएको छ । उक्त प्रतियोगितामा जिल्लाका बिभिन्न स्थानीय तहका ८ वटा भलिवल टीमको सहभागिता रहेको छ । जोरायल गाउँ पालिका वडा नंं ३ रावतकट्टेमा यहि चैत्र महिनाको २६ गतेसम्म प्रतियोगिता सन्चालन हुने गाउँपालिकाका खेलकुद प्रशिक्षक पवन शाहुले जानकारी दिनु भयो ।
प्रशिक्षक शाहुका अनुसार प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई १ लाख ११ हजार ५ सय नगद र ट्रफि, मेडल र प्रमाण पत्र, द्वितीय स्थान हासिल गर्नेलाई ५५ हजार ५ सय नगद र ट्रफि, मेडल र प्रमाण पत्र, तेश्रो स्थान हासिल गर्नेलाई २५ हजार ५ सय नगद र ट्रफि, मेडल र प्रमाण पत्र र सान्त्वाना स्थान हासिल गर्नेलाई १५ हजार ५ सय नगद, ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
जोरायल गाउँ पालिकामा नयाँ जनप्रतिनिधी निर्बाचित भएपछि शुरु भएको यो चौथो पटक आयोजना गरिएको हो । चौथो अध्यक्षकप जिल्ला स्तरीय भलिवल प्रतियोगिताको बुधबार एक कार्यक्रमका बिचमा गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले उद्घाटन गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै अध्यक्ष दुर्गादत्त ओझाले गाउँगाउँमा दक्ष खेलाडी उत्पादन गर्न गाउँपालिकाले खेलकुदलाई प्राथमिकता दिएको दावी गर्नु भयो । खेलकुदले राष्टको पहिचान बनाउने भएकाले हरेक क्षेत्रलाई प्राथमिकता दिनु पर्ने र खेलाडीलाई प्रोत्साहन गर्नु पर्ने बिचार ब्यक्त गर्नु भयो ।
गाउँ पालिकाका सामाजिक बिकास समितिका सँयोजक खगिता बिकको अध्यक्षता तथा गाउँ पालिकाका प्रशासन सहायक नन्दनसिंह धामीको सन्चालनमा सम्पन्न उक्त प्रतियोगितामा बोल्दै बिशिष्ट अतिथी गाउँपालिकाका उपाध्यक्ष जमूना बोहराले खेलकुद क्षेत्रको लगानी खेर नजाने भएकाले बिद्यालयदेखि खेलाडी उत्पादनमा जोड दिनु पर्ने बताउनु भयो ।
प्रतियोगिताको उद्घाटन समारोहमा जोरायलका भलिवल खेलाडी प्रसान्त साहुलाई नगद रु ७५ हजार सहित आ.ब. २०७८/०७९ को खेलाडी प्रोत्साहन पुरस्कारबाट सम्मान गरिएको थियो । उक्त कार्यक्रममा बिभिन्न ब्यक्तिहरुलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.