स्थानीय शासनमा दलित महिलाको सहभागिता बढाउनु पर्ने कुरामा जोड

घण्टेश्वर अनलाईन
सिलगढी
डोटीका सरोकारवालाले स्थानीय शासनमा दलित महिलाको सहभागिता बढाउनु पर्ने कुरामा जोड दिएका छन । दलित महिला सँघ डोटीले बुधबार सिलगढीमा आयोजना गरेको दलित महिलाको विकास र सामाजिक न्यायका लागि शासन सुदृढीकरण परियोजनाको जानकारी कार्यक्रममा सहभागिहरुले स्थानीय शासनमा दलित महिलाको सहभागिता न्यून भएकाले नेतृत्व बिकास गर्दै स्थानीय स्तरको राजनीतिमा दलित महिलाको सहभागिता बृद्धि गर्नु पर्ने बताएका थिए ।
दलित महिला सँघ डोटीकी कार्यबहाक अध्यक्ष लक्ष्मी बादीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला समन्वय समितिका सँयोजक रामबहादुर ऐरले स्थानीय स्तरको शासनमा दलित महिलाको सहभागिता न्यून रहेको बताउदै सहभागिता बढाउनको लागि सामाजिक सँघ सँस्थाहरुले ठूलो योगदान पुर्याएको बताउनु भयो ।
सँयोजक ऐरले आगामी स्थानीय निर्बाचनमा दलित महिलाको उम्मेदवारको सँख्या बढाउनको लागि दवाव र जागरणको भूमिका खेल्नु पर्ने आबश्यकता औंल्याउनु भयो ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख शसी सोव, नेकपा(माओवादी केन्द्र) का नेता गिता नेपाली, गैरसरकारी सँस्था महासँघका सुदूरपश्चिम प्रदेश सदस्य रघु कठायत, सम बिकास केन्द्रका कार्यक्रम प्रबन्धक महेश टेलर लगायतका बक्ताहरुले स्थानीय सरकारले लाखौं रकम स्वागत गेट निर्माणमा खर्च गर्नु भन्दा दलित लगायत सिमान्तकृत समुदायको आर्थिक, राजनैतिक चेतना बिकासमा खर्च गर्नु पर्ने, दलित महिलाहरुको नेतृत्व बिकास गर्नु पर्ने, स्थानीय निर्बाचनमा दलित महिलाको उम्मेदवार बनाउनका लागि राजनैतिक दलमा दवाव र जागरणको भूमिका खेल्नु पर्ने कुरामा जोड दिनु भयो ।
परियोजनाको जानकारी कार्यक्रममा जिल्ला परियोजना सँयोजक योगेश मल्लले परियोजनाको वारेमा सरोकारवालालाई जानकारी गराएका थिए । परियोजना सँयोजक मल्लका अनुसार Bread for the world को सहयोगमा दलित महिलाको विकास र सामाजिक न्यायका लागि शासन सुदृढीकरण परियोजना कार्यक्रम ३ वर्षको लागि थप भएको छ । संस्थाले दिपायल सिलगढी नगरपालिका भित्र ५ वटा संजाल र १० वटा समुह गठन गरेर काम गर्दै आएको छ । लामो समयदेखि जातीय तथा लैङ्गिक क्षेत्रमा काम गर्दै आएको सँस्थाले राजनीतिमा दलित महिलाको सहभागिता बढाउने उद्देश्यलृ परियोजना सन्चालित रहेको बताईएको छ ।

उक्त कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधीहरु, राजनैतिक दल, नागरिक समाज, पत्रकार तथा लक्षित समुदायको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.