डोटीको सिलगढी नजिक एकजना मृत अवस्थामा फेला

घण्टेश्वर अनलाईन
सिलगढी
डोटीको सदरमुकाम सिलगढी नजिक एक जना मृत अवस्थामा फेला परेका छन । मृत अवस्थामा फेला परेका व्यक्ति दिपायल सिलगढी नगरपालिका वडा नंं ७ रातुली निवासी ४५ बर्षिय लालबहादुर नेपाली रहेको प्रहरीले जनाएको छ ।
नेपाली दिपायल सिलगढी नगरपालिका वडा नं. ६ र ७ को सिमा नजिक गोरेटो बाटो नजिक मृत अवस्थामा फेला गरेका  थिए । घट्नाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताईएको छ ।

Leave A Reply

Your email address will not be published.