जोरायलमा अध्यक्ष पदको लागि नेपाली काँग्रेसका ७ जनाको दावी

उम्मेदवारी टुँगो लगाउन जिल्ला कार्य समितिलाई सिफारिस

 घण्टेश्वर अनलाईन
जोरायल
जोरायल गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बन्न आकाँक्षी धेरै भएपछि नेपाली काँग्रेस जोरायल गाउँपालिका समितिले जिल्ला कार्य समितिलाई सिफारिस गरेको छ ।
नेपाली काँग्रेसको जोरायल गाउँपालिकाको लागि अध्यक्ष पदमा उम्मेदवार बन्न अरुणकुमार जोशी, दीपकबहादुर बिष्ट, लिलाधर जोशी, मोहन कलेल, सोपान बोहरा, भजनसिंह मल्ल र भक्तबहादुर अधिकारी गरि ७ जनाले दावी पेश गरेका छन ।
स्थानीय स्तरमा सहमतिको प्रयास असफल भएपछि गाउँपालिका अध्यक्षको टुँगो लगाउन जिल्ला कार्य समितिलाई सिफारिस गरिएको गाउँ पालिका कार्य समितिका सभापति मोहनबहादुर मल्लले जानकारी दिनु भयो । दावी पेश गर्ने सबैजना आकाँक्षीहरुले वडा समितिबाट सिफारिस गराएका थिए ।
को हुन गाउँ पालिका अध्यक्षका आकाँक्षीहरु
अरुणकुमार जोशी : जोरायल गाउँ पालिका वडा नंं ३ निवासी अरुणकुमार जोशी पेशाले ईन्जिनियर हुन । उनले डोटी जिल्लाका सरकारी तथा गैरसरकारी निकायमा पनि काम गरेको अनुभव छ । बिद्यार्थीकाल देखि नेपाल बिद्यार्थी सँघमा आबद्ध भएर काम गरेका जोशी युवाहरु बिचमा लोकप्रिय छन ।
दीपकबहादुर बिष्ट : जोरायल गाउँ पालिका वडा नंं ५ निवासी दीपकबहादुर बिष्ट नेपाली काँग्रेसका पुराना नेता हुन । २०५४ सालको स्थानीय तहको निर्बाचनमा झिनो मतले जिल्ला बिकास समितिको उप सभापति पदमा पराजित भएका थिए ।  बिष्ट बि.सं २०७४ को स्थानीय तहको निर्बाचनमा जोरायल गाउँ पालिकाको अध्यक्ष पदमा पराजित भएका थिए ।
लिलाधर जोशी : जोरायल गाउँपालिका वडा नंं ६ निवासी लिलाधर जोशी नेपाली काँग्रेसका युवा नेता हुन । जोशी बि.सं. २०७४ सालको स्थानीय तहको निर्बाचनमा जोरायल गाउँ पालिका वडा नंं ६ को वडाअध्यक्ष पदमा पराजित भएका थिए । जोशी युवाहरुका बिचमा लोकप्रिय मानिन्छन ।
मोहन कलेल : जोरायल गाउँ पालिका वडा नंं ४ निवासी कलेल डोटी उद्योग बाणिज्य सँघका अध्यक्ष पनि हुन । उनि लामो समय देखि नेपाली काँग्रेसमा आबद्ध छन ।
सोपान बोहरा : जोरायल गाउँपालिका वडा नं. ५ निवासी सोपान बोहरा नेपाल बिद्यार्थी सँघ डोटीका पूर्ब अध्यक्ष पनि हुन । उनि लामो समय देखि नेपाली काँग्रेसमा कृयाशिल रहेका छन ।
भजनसिंह मल्ल : जोरायल गाउँपालिका वडा नंं १ निवासी भजनसिंह मल्ल वडा नं. १ का वडा अध्यक्ष पनि हुन । उनि नेता कार्यकर्ता तथा जनताका बिचमा लोकप्रिय मानिन्छन । मल्ल नेपाली काँग्रेस जोरायलका परिपक्व नेताका रुपमा   चिनिन्छन ।
भक्तबहादुर अधिकारी : जोरायल गाउँपालिका वडा नंं ४ निवासी अधिकारी नेपाली काँग्रेसका पुराना नेता हुन । उनी लामो समय देखि नेपाली काँग्रेसमा आबद्ध भएर राजनीति तथा सामाजिक सेवामा सकृय छन ।

Leave A Reply

Your email address will not be published.