Prem

सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन, ने

पाली काँग्रेस पनि सरकारमा सहभागी भयो

घण्टेश्वर अनलाईन
धनगढी कैलाली
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रीमण्डलमा हेरफेर गर्नु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि मन्त्रीमण्डल पुनर्गठन गरिएको हो । स्थानीय तहको निर्बाचनमा गठबन्धन गर्ने सहमति अनुसार प्रदेश सरकारमा पनि नेपाली काँग्रेसको सहभागिता गराईएको बताईएको छ ।
मुख्यमन्त्री त्रिलोचन भट्टले काँग्रेसका रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, गोबिन्द बोहोरालाई सामाजिक विकास मन्त्री र टेकबहादुर रैकालाई सामाजिक बिकास राज्य मन्त्रीमा नियुक्त गरेका हुन । यस्तै आर्थिक मामिला मन्त्रीमा एकीकृत समाजवादीका प्रकाश रावल नियुक्त भएका छन । नव नियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुले आजै पद तथा गोपनियताको सपथ लिएका छन ।
एकीकृत समाजवादीबाट मन्त्री रहेका आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, समाजिक विकासमन्त्री लालबहादुर खड्का, आर्थिक मामिलामन्त्री तारा लामा, भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट चुनकुुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद र राज्यमन्त्रीबाट माया तामाड बोहरालाई पार्टीले फिर्ता बोलाएको छ ।
यस्तै भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा एकीकृत समाजबादीकै कुलबीर चौधरी र अर्थ राज्यमन्त्रीमा अमर साउद नियुक्त भएका छन । प्रदेशसभामा समाजवादीको १४, माओवादीको १३, कांग्रेसको १२ र एमाले १० का दश जना सांसद छन ।

Leave A Reply

Your email address will not be published.