डोटी जिल्लामा एसईई परीक्षाको आबश्यक तयारी पूरा

घण्टेश्वर अनलाईन
सिलगढी डोटी
यस बर्षको एसईई परीक्षा यही बैशाख ९ गतेबाट शुरु हुने भएको छ । डोटी जिल्लामा एसइई परीक्षाको लागि सम्पूर्ण तयारी पूरा भईसकेको जिल्ला शिक्षा समन्वय ईकाई डोटीले जनाएको छ ।
परीक्षामा जिल्लामा ११ वटा परीक्षा केन्द्र तोकेर केन्द्राध्यक्षहरुलाई बैशाख ६ गते आबश्यक अभिमुखिकरण सम्पन्न भईसकेको छ । यस बर्ष डोटी जिल्लाबाट ३ हजार ६ सय ४५ जना नियमित र ३३ जना ग्रेड बृद्धि अर्थात एक्जाम्टेड गरि ३ हजार ६ सय ७८ बिद्यार्थीहरु सहभागि हुने जिल्ला शिक्षा तथा समन्वय ईकाइ डोटीका प्राबिधिक सहायक पदम साउँदले जानकारी दिनु भयो ।
बिगत २ बर्षमा कोरोनाका कारण बिद्यार्थीहरुको आन्तरिक मुल्याँकनका आधारमा एसईई परीक्षाको परिणाम घोषणा गरिएको थियो । कोरोनाको सँक्रमण दर घट्दै गएका कारण यस बर्ष भौतिक रुपमा बिद्यार्थीहरुलाई परीक्षामा सहभागि गराईएको बताईएको छ । भौतिक रुपमा बिद्यार्थीहरु परीक्षामा सहभागि गराईएकोमा बिद्यार्थीहरु खुशी देखिएका छन ।
एसईई परीक्षालाई शान्त र मर्यादित बनाउनको लागि आबश्यक सुरक्षा प्रबन्ध मिलाईएको जिल्ल प्रशासन कार्यालय डोटीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.