अजयमेरुका अध्यक्षले आफु चढ्दै आएको सरकारी गाडी फिर्ता गरे

All time tax

घण्टेश्वर अनलाईन
डडेल्धुरा
स्थानीय तहको निर्बाचन नजिकिदै गर्दा डडेल्धुरा जिल्लका एक गाउँपालिका अध्यक्षले आफुले प्रयोग गर्दै आएको सरकारी गाडी गाउँपालिकालाई फिर्ता गरेका छन ।
डडेल्धुराको अजयमेरु गाउँपालिका अध्यक्ष उमेशप्रशाद भट्ट आफुले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेको गाउँपालिकाले जनाएको छ । अध्यक्षको हैसियतले प्रयोग गर्दै आएको गाडी अध्यक्ष भट्टले बिहीबार गाउँपालिकालाई फिर्ता गर्नु भएको प्रमुख प्रशासकिय अधिकृत गंगाराम सापकोटाले बताउनु भयो ।
स्थानीय तह निर्बाचनको आचारसँहिता पनि जारी भईसकेको सन्दर्भमा सरकारी गाडी दुरुपयोग नहोस भनेर गाडी बुझाएको अध्यक्ष भट्टले बताउनु भयो । गाउँपालिका अध्यक्ष उमेश भट्ट नेकपा(माओवादी केन्द्र) डडेल्धुराका अध्यक्ष पनि हुन । उनलाई अजयमेरु गाउँ कमिटीको पूर्ण बैठकले फेरी अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
निर्बाचन आयोगद्धारा जारी आचारसँहितामा कुनै पनि राजनीतिक दलका प्रतिनिधि तथा चुनावमा प्रचार प्रसार कार्यक्रमका लागि सरकारी सवारी साधनको प्रयोगमा रोक लगाइएको छ । २०७४ सालको स्थानीय तहको निवार्चनमा माओवादी केन्द्रले अजयमेरु गाउँपालिकनाको ५ वडासहित अध्यक्ष र उपाध्यक्ष पदमा बिजयी हासिल गरेको थियो ।

Leave A Reply

Your email address will not be published.