नेकपा(एमाले) डोटीद्वारा सबै स्थानीय तहमा उम्मेदवारहरु चयन

घण्टेश्वर अनलाईन
सिलगढी
सत्ता गठबन्धनमा आबद्ध दलहरु चुनाबी तालमेलको विषयमा अलमलमा परेका बेला नेकपा एमालेले डोटीले भने  सबै स्थानीय तहमा आफ्ना उम्मेदवारहरु छनौट गरेको छ ।
नौ वटै स्थानीय तहमा उम्मेदवारहरु विवादरहित ढँगले चयन गरिएको र सबै स्थानीय तहमा वडा अध्यक्ष र सदस्यहरुको समेत टुँगो लागिसकेको नेकपा)माले) डोटीले जनाएको छ । नेकपा(एमाले) ले दिपायल सिलगढी नगरपालिकामा प्रमुख पदमा अधिबक्ता समेत रहेका एमालेका युवा नेता लक्ष्मण मलासीलाई र उप प्रमुख पदमा रुपा कठायतलाई चुनावी मैदानमा पठाउने भएको छ ।
यसै गरि शिखर नगरपालिकामा नगर प्रमुख पदमा भिमबहादुर बलायर र उप प्रमुख पदमा लक्ष्मी मल्ल उम्मेदवार बन्ने भएका छन । यस्तै गाउँपालिका तर्फ पूर्बिचौकीमा अध्यक्षमा कृष्णकुमार खड्का र उपाध्यक्षमा शारदा साउँद, बडिकेदारमा चक्रबहादुर घर्तीमगर र उपाध्यक्षमा सपना सिराडी, आदर्शमा अध्यक्ष डम्बरबहादुर ओली र उपाध्यक्ष जानकी खड्का, बोगटान फुडसिलमा अध्यक्ष हस्तबहादुर बुढा र उपाध्यक्ष ज्ञानु मल्ल बम, जोरायलमा अध्यक्ष दुर्गादत्त ओझा र उपाध्यक्ष जमूना बोहरा, केआईसिंह गाउँपालिकामा अध्यक्ष तेजबहादुर माझी र उपाध्यक्षमा धनादेबी कुँवर र सायल गाउँपालिकामा अध्यक्ष तेजबहादुर डुमरेल र उपाध्यक्ष बिष्णादेबी सिंहको नाम टुँगो लागेको एमालेले जनाएको छ ।
आसन्न स्थानीय तहको निर्बाचनको लागि चयन गरिएका उम्मेदवारहरु मध्य जोरायल गाउँपालिकामा अध्यक्ष दुर्गादत्त ओझा र उपाध्यक्ष जमूना बोहरा, सायल गाउँपालिकामा अध्यक्ष तेजबहादुर डुमरेल र उपाध्यक्ष बिष्णादेबी सिंहलाई पुन दोहर्याएको छ । यसैगरि शिखर नगरपालिकामा उप प्रमुख पदमा उम्मेदवार लक्ष्मी मल्ल जिल्ला समन्वय समितिका सदस्य हुन ।
बि.सं. २०७४ सालको स्थानीय तहको निर्बाचनमा नेकपा(एमाले)ले पूर्बिचौकी, सायल, जोरायल, आदर्श गाउँपालिका र दिपायल सिलगढी नगरपालिकामा बिजयी हासिल गरेको थियो । यसैगरि बडिकेदार, केआईसिंह गाउँपालिका र शिखर नगरपालिकामा नेपाली काँग्रेस र बोगटान फुड्सिल गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) ले बिजयी हासिल गरेको थियो ।

Leave A Reply

Your email address will not be published.