
घण्टेश्वर अनलाईन
जोरायल
आसन्न स्थानीय तहको निर्बाचनका लागि जोरायल गाउँपालिकामा बिभिन्न ३ वटा दलले आफ्नो उम्मेदवारीको लागि मनोनयन पत्र दर्ता गराएका छन । बैशाख ११ गते नेकपा(एमाले) ले र १२ गते नेपाली काँग्रेस तथा नेकपा( माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को गठबन्धनले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाका पदाधिकारीको लागि मनोनयन पत्र दर्ता गराएको निर्बाचन अधिकृतको कार्यालय जोरायलले जनाएको छ । सबै राजनैतिक दलहरुले उम्मेदवारीको लागि मनोनयन पत्र दर्ता गराई सकेपछि सभाको आयोजना गरेका थिए । कार्यक्रममा सबै दलहरुले आफुहरुले विजयी हुने दावी गरेका थिए ।
जोरायल गाउँ पालिकामा मनोनयन पत्र दर्ता गराएका अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षहरु
नेकपा (एमाले)
अध्यक्ष : दुर्गादत्त ओझा
उपाध्यक्ष : जमुना बोहरा
वडा अध्यक्षहरु
वडा नं १ : जगतबहादुर मल्ल
वडा नंं २ : बिरबहादुर दर्लामी
वडा नं. ३ : कलिसिंह खत्री
वडा नं. ४ : नन्दराज भट्ट
वडा नंं ५ : चेतबहादुर बिष्ट
वडा नं ६ : गणेशबहादुर बोहरा
नेपाली काँग्रेस
अध्यक्ष : दीपकबहादुर बिष्ट
उपाध्यक्ष : चन्द्रा साउँद
वडा अध्यक्षहरु
वडा नंं १ : मोहनबहादुर मल्ल
वडा नं. २ : रामदत्त भट्राई
वडा नं. ३ : नविन ओझा
वडा नंं ४ : जितेन्द्र बोहरा
वडा नंं ५ : ध्वजबहादुुर देउवा
वडा नं ६ : नरबहादुर बोहरा
गठबन्धनबाट
अध्यक्ष किरण मल्ल( नेकपा एकीकृत समाजवादी)
उपाध्यक्ष : प्रेमा ओली(चन्द) (नेकपा माओवादी केन्द्र)
वडा नं १ : बमबहादुर मल्ल (नेकपा, एकीकृत समाजवादी)
वडा नंं २ : सिद्धबहादुर जेठारा (नेकपा माओवादी केन्द्र)
वडा नंं ३ : घनश्याम ओली (नेकपा माओवादी केन्द्र)
वडा नंं ४ : बहादुर रावल(नेकपा, एकीकृत समाजवादी)
वडा नंं ५ : डबल ताम्राकार (नेकपा माओवादी केन्द्र)
वडा नंं ६ : लालबहादुर साउँद(नेकपा, एकीकृत समाजवादी)