Prem

फेडो डोटीद्वारा ३ हजार दलित महिलाहरुलाई नागरिक तथा मतदाता शिक्षा दिईने

घण्टेश्वर अनलाईन
सिलगढी, डोटी
दलित अधिकारको क्षेत्रमा कृयाशिल सँस्था दलित महिला संघ (फेडो) ले आसन्न स्थानीय निर्बाचनलाई लक्षित गरि नागरिक तथा मतदाता शिक्षा कार्यक्रम सन्चालन गर्ने भएको छ ।
आसन्न स्थानीय तहको निर्बाचनमा दलित तथा महिलाको अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले नागरिक तथा मतदाता शिक्षा सन्चालन गर्न लागिएको दलित महिला सँघ (फेडो) का परियोजना सँयोजक योगेश मल्लले जानकारी गराउनु भयो ।
“हाम्रो मत हाम्रो अधिकार, बन्छ भविष्यको सुनौलो आधार” भन्ने मूल नाराका साथ परियोजना सन्चालित दिपायल सिलगढी नगरपालिका क्षेत्रमा ३० जना सहजकर्ता छनौट गरि १ सय ५० वटा नागरिक सचेतना कक्षाहरु सन्चालन गरिने छ । जसमा ३ हजार भन्दा बढी दलित तथा महिलाहरुलाई नागरिक तथा मतदाता शिक्षा कक्षा सन्चालन गरिने दलित महिला सँघ डोटीले जनाएको छ ।
फेडोद्धारा सन्चालित अभियानले मतदान प्रकृयामा सहभागि हुने, बदर मतको सँख्या घटाउने, दलित तथा महिला मैत्री उम्मेदवारहरुको छनौट गर्ने लगायतका बिषयमा छलफल गरिने बताईएको छ ।
यसै सन्दर्भमा अभियानका लागि छनौट गरिएका ३० जना सहजकर्ताहरुलाई नागरिक तथा मतदाता शिक्षा विषयमा सोमबार अभिमुखिकरण गरिएको छ । फेडोको सचिब नितु सिजापतिको अध्यक्षतामा उक्त अभिमुखिकरण कार्यक्रममा सन्चालन गरिएको थियो । यसैगरि अभिमुखिकरण कार्यक्रम नगरपालिकाका बिभिन्न ५ वटा सन्जालमा सन्चालन गरिने बताईएको छ ।

Leave A Reply

Your email address will not be published.