सुदूरपश्चिमका ११ जना वकील चुनावी मैदानमा

घण्टेश्वर अनलाईन
सिलगढी
आसन्न स्थानीय तहको निर्बाचनमा कानून ब्यवसायी तथा पत्रकारहरु बिभिन्न पार्टीबाट उम्मेदवार बनेका छन । यसै क्रममा सुदूरपश्चिममा ११ जना कानून व्यवसायीहरुले बिभिन्न पार्टीबाट उम्मेदवारी दिएको जानकारी प्राप्त भएको छ । कानून व्यवसायी अधिबक्ता सुरेन्द्रसिंह ऐरले सुदूरपश्चिमका बिभिन्न जिल्लाका स्थानीय तहमा उम्म्ेदवारी दिएका कानून ब्यवसायीहरुको सूचि आफ्नो फेसबुक मार्फत सार्बजनिक गरेका छन ।
अधिबक्ता ऐरले सार्बजनिक गरेको सूचि अनुसार डोटीको दिपायल सिलगढी नगरपालिकाको प्रमुख पदमा अधिबक्ता लक्ष्मण मलासी, बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकामा अधिवक्ता जनककुमार बोहरा र अधिवक्ता पुरबहादुर रावत, डडेल्धुराको अमरगढी नगरपालिकाको प्रमुखमा अधिवक्ता हरिप्रसाद भट्ट, डडेल्धुराको अजयमेरु गापाको अध्यक्ष पदमा अधिबक्ता पदम पाल, डडेल्धुरा जिल्लाको आलिताल गापाको अध्यक्ष पदमा अधिवक्ता तुलाराम वोहरा र डडेल्धुरा जिल्लाको परशुराम नपाको प्रमुख पदमा अधिवक्ता लालवहादुर जाग्रीले उम्मेदवारी दर्ता गराएका छन ।
यसैगरि कन्चनपुर जिल्लाको भिमदत्त नपाको प्रमुखमा अधिवक्ता महेश पन्त, शुक्लाफाँटा नगरपालिकामा अधिवक्ता माधव पन्त उपमेयर, बेदकोट नपाको प्रमुखमा अधिवक्ता सुरेन्द्रराज भट्ट र बझाङ जिल्लाको दुर्गाथली गापाको अध्यक्ष पदमा अधिवक्ता दलबहादुर धामीले उम्मेदवारी दर्ता गराएका छन ।

Leave A Reply

Your email address will not be published.