एमालेका प्रदेश कमिटी सदस्य माओवादी केन्द्रमा प्रबेश

घण्टेश्वर अनलाईन
सिलगढी
नेकपा(एमाले) का सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बिजयराज श्रेष्ठ नेकपा(माओवादी केन्द्र) मा प्रबेश गरेका छन । एमाले नेता श्रेष्ठलाई सो नेकपा(माओवादी केन्द्र) नेता तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज शिबसिंह ओली लगायतका नेताहरुले स्वागत गरेका थिए ।
दिपायल सिलगढी नगरपालिका वडा नंं ५ निवासी विजय श्रेष्ठ अनेरास्ववियूका पूर्ब केन्द्रीय सदस्य, एमालेका बिभिन्न कमिटी हुँदै हाल सुदूरपश्चिम प्रदेश कमिटी सदस्य पदमा कृयाशील रहेका थिए ।

Leave A Reply

Your email address will not be published.