Prem

जोरायल गाउँपालिकाका सबै वडा सडक सन्जालले जोडियो

घण्टेश्वर अनलाईन
जोरायल
जोरायल गाउँपालिकाको ६ वटै वडाहरु सडक सन्जालले जोडिएका छन । वडाको केन्द्रबाट बिभिन्न बस्ती जोड्ने बिभिन्न ४० वटा शाखा सडकहरुमा ३ सय ४० वटा किलोमिटर कच्ची सडक निर्माण गरिएको जोरायल गाउँ पालिका योजना शाखाले जनाएको छ ।
जोरायल गाउँपालिकाको अभिलेख अनुसार जोरायल गाउँपालिकाको वडा नं. १ मा करिब ६० किलोमिटर, वडा नं २ भित्रमा करिब ४० किलोमिटर, वडा नं ३ मा करिब ७६ किलोमिटर, वडा नं. ४ मा करिब ८० किलो मिटर , वडा नंं ५ मा करिब ४० किलोमिटर र वडा नंं ६ मा करिब ४५ किमि कच्ची शाखा सडक निर्माण सम्पन्न भएको छ ।
सबै वडाहरु सडक सन्जालले जोडिएपछि यातायात तथा स्थानीय स्तरमा उत्पादन हुने कृषि उपजहरु ढुवानी गर्न सहज भएको स्थानीय बासिन्दाहरु बताउछन ।
हाल कच्ची सडक रहेको र बर्षातको समयमा जिर्ण हुने भएकाले सडकलाई स्तरोन्नती गरिनु पर्ने स्थानीयहरुको माग रहेको छ ।

Leave A Reply

Your email address will not be published.