
घण्टेश्वर अनलाईन
जोरायल
आज सम्पन्न भएको स्थानीय तह निर्बाचनमा जोरायल गाउँपालिकामा ६९.५९ प्रतिशत मतदान भएको छ ।
निर्बाचन अधिकृतको कार्यालयका अनुसार जोरायल गाउँपालिकाका ६ वटै वडामा १३ हजार ३ सय १५ मतदाता रहेकोमा आज सम्पन्न निर्बाचनमा ९ हजार २ सय ६७ अर्थात ६९.५९ प्रतिशत मत खसेको छ ।
यसैगरि वडागत रुपमा वडा नं. १ मा १ हजार ५ सय ७८ मतदाता रहेकोमा १ हजार १ सय ४५, वडा नंं २ मा २ हजार ५ सय ७८ मतदाता रहेकामा १ हजार ८ सय १६, वडा नंं ३ मा २ हजार ३ सय २७ मतदाता रहेकोमा १ हजार ६ सय १ मत खसेको बताईएको छ ।
यस्तै वडा नं ४ मा ३ हजार ३ सय मतदाता रहेकोमा २ हजार ४ सय १९, वडा नं. ५ मा १ हजार ८ सय ४३ मतदाता रहेकोमा १ हजार ८८ र वडा नं ६ मा १ हजार ६ सय ८९ मतदाता रहेकोमा १ हजार १ सय ९८ मत खसेको कार्यालयले जनाएको छ ।