स्थानीय तहमा सुशासन कायम गर्न नेपाली काँग्रेस प्रदेश सभापतिको निर्देशन

All time tax

घण्टेश्वर अनलाईन
धनगढी
नेपाली कांग्रेसले सुदूरपश्चिमका स्थानीय तहका जनप्रतिनिधिहरुलाई जनताको पक्षमा काम गरि सुशासनको अनुभूति दिन निर्देशन दिएको छ ।
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिद्धारा आज धनगढीमा आयोजना गरिएको बधाई तथा स्वागत कार्यक्रमका बोल्दै प्रदेश सभापति वीरबहादुर बलायरले सुशासन नेपाली काँग्रेसको पहिलो प्राथमिकता भएकाले नेपाली काँग्रेसबाट निर्बाचित जनप्रतिनिधिहरुले भ्रष्टाचार गरेको भेटिएमा कडा कारवाही गरिने बताउनु भयो ।
पार्टीबाट निर्बाचित जनप्रतिनिधिहरुले सम्पादन गरेको कामको आधारमा पार्टीको छबि उच्च हुने भएकाले नेपाली काँग्रेसबाट निर्बाचित जनप्रतिनिधिहरुलाई गलत काम गर्ने छुट नभएको प्रदेश सभापति बलायरको भनाई थियो ।
अघिल्ला जनप्रतिनिधिहरुले गरेका गलत कामका कारण हामीले केहि स्थानहरु गुमाएको चर्चा गर्दै बलायरले नयाँ जनप्रतिनिधिहरुले जनताका आधारभूत आबश्यकताहरु पूरा योजना बनाई काम गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लाबाट निर्बाचित स्थानीय तहका प्रमुख तथा उप प्रमुखहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.