डोटीका ७६ प्रतिशत उम्मेदवारहरुले निर्बाचन खर्च विवरण बुुझाएनन्

घण्टेश्वर अनलाईन
सिलगढी
गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्बाचनमा उम्मेदवारी दिएका डोटी जिल्लाका उम्मेदवारहरु मध्य करिब २५ प्रतिशतले मात्र निर्बाचन खर्च विवरण बुुझाएका छन ।
जिल्ला निर्बाचन कार्यालय डोटीका सूूचना अधिकारी दलबहादुर मलासीका अनुसार स्थानीय तह निर्बाचनमा डोटी जिल्लाका बिभिन्न स्थानीय तहबाट १ हजार ५० उम्मेदवारहरुले आफ्नो उम्मेदवारीको लागि मनोनयन पत्र दर्ता गराएका थिए । हाल सम्म करिब २ सय ५० जनाले मात्र निर्बाचन खर्च विवरण बुुझाएका छन ।
जिल्ला निर्बाचन कार्यालय डोटीको तथ्याँक अनुसार जिल्लाका ९ वटा स्थानीय तह मध्ये जोरायल र बडिकेदार गाउँपालिकाका कुनैपनि उम्मेदवारहरुले निर्बाचन खर्च विवरण बुुझाएका छैनन । अन्य स्थानीय तहका उम्मेदवारहरु मध्यपनि अधिकाँश उम्मेदवारहरुले निर्बाचन खर्च विवरण नबुुझाएको जिल्ला निर्बाचन कार्यालय डोटीले जनाएको छ ।
निर्बाचन आयोग ऐन २०७३ परिच्छेद — ५ को दफा २५ मा निर्बाचन सम्पन्न भएको ३० दिन भित्र निर्बाचनमा भएको खर्चको बिल र भरपाई सहित तोकिएको ढाँचामा आयोगले तोकेको कार्यालयमा निर्बाचन खर्च विवरण बुुझाउनुु पर्ने कानूनी ब्यवस्था रहेको छ ।
जिल्लाका बिभिन्न स्थानीय तह मार्फत सबै उम्मेदवारहरुलाई तोकिएको समयमा निर्बाचन खर्च विवरण बुुझाउन ध्यानाकर्षण गराएपनि हालसम्म अधिकाँश उम्मेदवारहरुले खर्च विवरण नबुुझाएको जिल्ला निर्बाचन कार्यालय डोटीले जनाएको छ । सबै उम्मेदवारहरुलाई स्थानीय तह मार्फत निर्बाचन खर्च विवरण बुुझाउन ताकेता गर्दा नबुुझाएपछि हालसम्म प्राप्त विवरण निर्बाचन आयोगमा पठाईने जिल्ला निर्बाचन अधिकारी करुणाकर पाण्डेयले बताउनुु भयो । यसै बिच निर्बाचन आयोगले असार ९ गते एक प्रेस बिज्ञप्ती मार्फत सबै जिल्ला निर्बाचन कार्यालयलाई उम्मेदवारहरुले खर्च बिबरण बुुझाए नबुुझाएको एकीन गरि आबश्यक कारवाहीको लागि आयोगमा सिफारिस सहित लेखि पठाउन निर्देशन जारी गरेको थियो ।

Leave A Reply

Your email address will not be published.