दिवा खाजा कार्यक्रमको वारेमा स्थानीय तहका जनप्रतिनिधीहरुलाई अभिमूखिकरण

घण्टेश्वर अनलाईन
डडेल्धुरा
शिक्षाको लागि खाद्य परियोजना अन्तरगत दिवा खाजा कार्यक्रमको वारेमा स्थानीय तहका पदाधिकारीहरु तथा सरोकारवालाहरुलाई जानकारी दिईएको छ ।
दिवा खाजा कार्यक्रमलाई ब्यवस्थित र थप प्रभावकारी बनाउन स्थानीय तहको भूमिका बढाउने उद्देश्यले स्थानीय तहका पदाधिकारीहरुलाई अभिमूखिकरण गरिएको शिक्षाका लागि खाद्य कार्यक्रम, समन्वय कार्यालय धनगढीले जनाएको छ ।
शिक्षाको लागि खाद्य कार्यक्रम सन्चालित डोटी, अछाम बाजुरा र दार्चुला जिल्लाका स्थानीय तहका पदाधिकारी सदस्यहरु, सरोकारवालाहरुलाई दिवा खाजा कार्यक्रम, कार्यक्रमले पारेको प्रभाव र कार्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि सरोकारवालाको भूमिकाको वारेमा अन्तरकृया गरिएको समन्वय कार्यालय धनगढीका प्रमुख नेत्रप्रसाद पन्तले जानकारी दिनु भयो ।
दिवा खाजा कार्यक्रम सन्चालित जिल्लाहरुमा आयोजना गरिएको अभिमूखिकरण कार्यक्रममा शिक्षाका लागि खाद्य परियोजनाका समन्वय अधिकृत नेत्रप्रसाद पन्त, दातृ निकाय बिश्व खाद्य कार्यक्रमका सम्बन्धित जिल्लाका जिल्ला सँयोजक, सहयोगी सँस्था एकीकृत बिकास समाज नेपालका जिल्ला सँयोजकहरुले सहजिकरण गर्नु भएको थियो ।
शिक्षाका लागि खाद्य परियोजना अन्तरगत दिवा खाजा कार्यक्रम सन्चालित जिल्लाहरुमा आयोजना गरिएको अभिमूखिकरया कार्यक्रममा सहभागिहरुले दिवा खाजा कार्यक्रमले बिद्यार्थी तथा अभिभावकहरु लाभान्वित भएको, बिद्यार्थीहरुको बिद्यालय छोड्ने दरमा कमी आएको बताउदै यस कार्यक्रमलाई थप प्रभावकारी बनाउदै निरन्तरता दिनु पर्ने कुरामा जोड दिनु भएको समन्वय अधिकृत पन्तले जानकारी दिनु भयो ।

Leave A Reply

Your email address will not be published.