Prem

नेपाल शिक्षक महासँघ जोरायलको अध्यक्षमा गणेश बम

घण्टेश्वर अनलाईन
जोरायल
नेपाल शिक्षक महासँघ जोरायलको दोश्रो अधिबेशन गणेशबहादुर बमको अध्यक्षमा नयाँ नेतृत्व चयन गर्दै हालै जोरायलमा सम्पन्न भएको छ । दोश्रो अधिबेशनबाट निर्बाचित अन्य पदाधिकारीहरुमा क्रमस उपाध्यक्ष शारदा खड्का, सचिबमा नरबहादुर ओली, सह अध्यक्षमा शेरबहादुर भण्डारी, सहसचिबमा खगेन्द्रप्रसाद ओझा र महिला सहसचिबमा देवकीकुमारी डाँगी, सँस्थागत सहसचिबमा राजन लुईटेल र मिनबहादुर कलेल निर्बाचित हुनु भएको छ ।
यसै गरि सदस्यहरुमा क्रमस मानबहादुर मल्ल, महेश्वरी मल्ल, अर्जुन कठायत, नबिन सलामी, प्रकाश साउँद, सबिम पुनमगर तथा पदेन सदस्यहरुमा क्रमस मिनबहादुर रोकाया, विजयप्रकाश मल्ल र प्रकाश थापा रहनु भएको महासँघले जनाएको छ । महसँघमा सहसचिब(अर्थ) र महिला उपाध्यक्षको पद पछि पदपूर्ति गर्ने रिक्त राखिएको बताईएको छ ।
महासँघको कार्यसमितिका बिधान अनुसार बिभिन्न शिक्षक सँघ सँगठन तथा बिद्यालय कर्मचारी परिषदबाट समेटिएको छ ।

Leave A Reply

Your email address will not be published.