नेपाल रेडक्रस सोसाईटी सुदूरपश्चिम प्रदेश कमिटीमा नयाँ नेतृत्व

घण्टेश्वर अनलाईन
डडेल्धुरा
नेपाल रेडक्रस सोसाईटी सुदूरपश्चिम प्रदेश सभाको दोश्रो अधिबेशन बाजुराका रेडक्रसकर्मी दिलबहादुर बुढाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै आज डडेल्धुरामा सम्पन्न भएको छ ।
प्रदेश कार्य समितिको लागि चयन भएका नयाँ नेतृत्वमा उपाध्यक्ष माया भट्ट(कन्चनपुर), महासचिब देबबहादुर बोहरा(डोटी, कोषाध्यक्ष मोतीप्रसाद उपाध्याय(कैलाली, उपमहासचिब शिबराज पन्त(डडेल्धुरा), उप कोषध्यक्ष मोहनबहादुर सिंह(दार्चुला) रहेका छन ।
यसैगरि सदस्यहमा क्रमस महिला सदस्य मन्जु दहाल जोशी(कन्चनपुर) र उमा थापा कटुवाल(बाजुरा), खुल्ला सदस्यहरु दिपकराज जोशी(बझाँग), टेकबहादुर शाह(अछाम), सुदर्शन लेखक(बैतडी),गोरखबहादुर खड्का(डोटी) निर्बाचित भएका छन । सबै पदाधिकारी सर्बसहमत रुपमा चयन भएको निर्बाचन अधिकारी यौवनप्रसाद श्रेष्ठले जानकारी दिनु भयो ।
आज नेपाल रेडक्रस सोसाईटी डडेल्धुरा शाखाको सभाकक्षमा आयोजना गरिएको प्रदेश सभाको दोश्रो अधिबेशनको नेपाल रेडक्रस सोसाईटीका पूर्ब केन्द्रीय उपाध्यक्ष सुरेन्द्र ऐरले उद्घाटन गर्नु भएको थियो ।
प्रदेश कार्य समितिका अध्यक्ष केशव पन्तको अध्यक्षता तथा महासचिब देबबहादुर बोहराको सन्चालनमा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथी पूर्ब केन्द्रीय उपाध्यक्ष सुरेन्द्र ऐर, बिशिष्ट अतिथीमा केन्द्रीय तदर्थ समिति सदस्य उत्तमराज जोशी र बलबहादुर रावल, निर्बाचन अधिकारी तथा सल्यान जिल्ला शाखाका सभापति यौवनप्रसाद श्रेष्ठ, डडेल्धुरा शाखाका सभापति मदनराज चटौत लगायतका बक्ताहरुले अधिबेशन सफलताको लागि शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो भने प्रदेश कार्य समिति सदस्य शिबराज पन्तले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
अधिबेशनमा महसचिब देबबहादुर बोहराले प्रस्तुत गर्नु भएको प्रगति प्रतिबेदन र कोषाध्यक्ष हर्कराज शर्माले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिबेदन छलफल सहित पारित गरिएको रेडक्रसले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.