गौरी शँकर माबि गैरामा बृक्षारोपण

कबिराम डाँगी
गैरा
डोटी जोरायल गाउँपालिका वडा नंं १ गैरा स्थित गौरी शँकर माबि गैराको हाताभित्र बृक्षारोपण गरिएको छ ।
बिद्यालय हाताभित्र अम्रीसो, बाँस, निपियर घाँस लगायत बिभिन्न जातका बिरुवा रोपिएको गौरीशँकर माबि गैराका शिक्षक राजन लुईटेलले जानकारी दिनु भयो ।
बृक्षारोपणको लागि सामुदायिक बिकास मन्च डोटीद्धारा सन्चालित सामुदायिक उत्थानशिलता सुदृढिकरण परियोजनाले बिभिन्न जातका बिरुवाहरु उपलब्ध गराएको थियो ।
सामुदायिक बिकास मन्च डोटीको सामुदायिक उत्थानशिलता सुदृढिकरण परियोजनाले गौरीशँकर माबि गैरामा गठन गरेको ईको क्लबको आयोजनामा बृक्षारोपण गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.