डोटीको घण्टेश्वरमा वजार व्यवस्थापन समिति गठन

llc

कबिराम डाँगी
गैरा
डोटीको जोरायल गाउँ पालिका वडा नंं १ का स्थित राजमार्गमा छेउछाउमा ब्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरु सँगठित भएका छन । गत बिहिबार घोरडीमा आयोजना गरिएको एक भेलाबाट बजार व्यवस्थापन समिति घण्टेश्वर गठन गरिएको छ ।
जोरायल गाउँपालिका वडा नंं १ को गोल्डेन देखि गैरा सम्मका ब्यापारी, व्यवसायीहरुलाई सँगठित गरि स्थानीय स्तरको बजार व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले समिति गठन गरिएको हो ।
जोरायल गाउँपालिका वडा नंं १ का वढा अध्यक्ष जगतबहादुर मल्लको अध्यक्षतामा सम्पन्न व्यापारी, व्यवसायीहरुको भेलाले गैराका युवा व्यवसायी देबबहादुर ओलीको अध्यक्षतामा ११ सदस्यीय बजार व्यवस्थापन समिति गठन गरिएको छ ।
बजार व्यवस्थापन समितिको सचिबमा भक्तबहादुर ओली (खडिना), कोषाध्यक्षमा कृष्णादेबी राई(गैरा) रहनु भएको छ ।
यसैगरि सदस्यहरुमा क्रमस : रोहित भारती(गैरा), एकम छेडाल(गैरा), ज्ञानु ओली (बसन्तपुर), योगेन्द्र मल्ल(घोरडी), खगेन्द्र बोहरा(गोगनपानी), अमरबहादुर मल्ल(गोल्डेन) र अशोक बोहरा(घुम्ती) रहेको समितिले जनाएको छ ।
भेलाले वडा सदस्य गमबहादुर खत्रीको सँयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । समितिको सदस्यहरुमा क्रमस प्रहरी चौकी गैराका ईन्चार्ज, सोभानसिंह ओली, रमेशकुमार ओली र भिमबहादुर मल्ल रहेका छन ।

Leave A Reply

Your email address will not be published.