सुदूर चिनारी पत्रिकाको आगामी अँक जोरायल गाउँपालिका बिशेष हुने

All time tax

घण्टेश्वर अनलाईन
जोरायल

धनगढीबाट प्रकाशित हुने डोटेली भाषाको द्वैमासिक पत्रिका ‘सुदूर चिनारी’ को आगामी अङ्क जोरायल गाउँपालिका विशेषको रूपमा प्रकाशित हुने भएको छ ।

डोटेली भाषा, साहित्य एवम् पहिचानको संरक्षण सम्वर्द्धनमा टेवा पुर्याउने उद्देश्यका साथ विगत ११ वर्षदेखि प्रकाशित हुँदै आएको उक्त पत्रिकाको आगामी अङ्कमा जोरायल गाउँपालिकाको विविध पक्षलाई समेटिने पत्रिकाका उप सम्पादक तीर्थराज भट्टले जानकारी दिनु भयो ।

जोरायल गाउँपालिकाका धार्मिक, ऐतिहासिक, पर्यटकीय स्थलको जानकारी, जोरायल गाउँपालिकाका ६ वटै वडाको भौगोलिक, आर्थिक, सामाजिक, राजनैतिक, शैक्षिक अवस्थाको जानकारीमूलक सामग्रीहरु पत्रिकामा समेट्ने तयारी भइरहेको सुदूर चिनारी पत्रिकाले जनाएको छ ।

पत्रिका मुख्य रुपमा डोटेली भाषामा प्रकाशित हुने भए पनि जोराय विशेष अङ्क नेपाली भाषामा प्रकाशित हुने र विशेष अङ्कको सम्पादन साहित्यकार तथा कार्यकारी सम्पादक निर्मलकुमार भण्डारीले गर्नुहुने उप सम्पादक भट्टले बताउनु भयो । सम्पादक÷ प्रकाशकमा नन्दकृष्ण जोशी, सम्पादकमा यज्ञराज यात्री, कार्यकारी सम्पादकमा निर्मलकुमार भण्डारी, उप सम्पादक तीर्थराज भट्ट र लेखराज जोशी रहनु भएको सुदुर चिनारी पत्रिका डोटेली भाषामा प्रकाशित हुने सुदूर पश्चिमको लोकप्रिय पत्रिका हो ।

Leave A Reply

Your email address will not be published.