चाडपर्बको आगमनसँगै डोटीका बजारहरुमा अनुगमन शुरु

घण्टेश्वर अनलाईन
सिलगढी
चाडपर्बहरु शुरु हुन थालेपछि जिल्ला प्रशासन कार्यालय डोटीले शान्ति सुरक्षा तथा बजार अनुगमनमा सकृयता बढाउन थालेको छ । जिल्लाका बिभिन्न क्षेत्रबाट गुनासाहरु आउन थालेपछि स्थानीय प्रशासनले आफ्नो सकृयता बढाएको हो ।
यो बिशेष सकृयता नभएर स्थानीय प्रशासनको नियमित कार्य हो, प्रशासकिय अधिकृत रमा कुँवरले बताउनु भयो । यसै सन्दर्भमा बुधबार डोटीको पूर्बिचौकी गाउँपालिकाका बिभिन्न क्षेत्रमा बजार अनुगमन गरिएको छ ।
पूर्बिचौकी गाउँपालिकाको शान्तिनगर, साजघाट लगायतका सथानीय बजारमा गरिएको अनुगमनमा २० हजार ३ सय ७० रुपयाँ बराबरको म्याद गुज्रेका खाद्य सामाग्रीहरु बरामद गरि नष्ट गरिएको प्रशासकिय अधिकृत रमा कुँवरले जानकारी दिनु भयो ।
प्रशासकिय अधिकृत रमा कुँवरका अनुसार स्थानीय बजारमा हुने गरेका कालोबजारी, अखाद्य बस्तुको बिक्री बितरण लाई नियन्त्रण गर्नका लागी नियमित अनुगमन आबश्यक रहेको छ । बजार अनुगमनका क्रममा सुजी, मसालाहरु, दालमोटहरु, पेय पदार्थ प्राय बढीमात्रामा म्याद गुज्रेको अवस्थामा भेटिएको छ ।
अगुगमनका क्रममा ऐन नियम बिपरित स्थानीय बजारमा डिजेल, पेट्रोल चर्को मूल्यमा बिक्रि बितरण भईरहेको सूचना आएको बताउदै प्रशासकिय अधिकृत कुँवरले त्यसो भेटिएमा कानून बमोजिम कारवाही गरिने भएकोले त्यसो नगर्न स्थानीय व्यापारीहरुलाई सम्झाई बुझाई गरिएको बताउनु भयो ।

अगुगमनका क्रममा खाद्य सामाग्रीको म्याद गुज्रे नगुज्रेको, गुणस्तर, नापतौलको अवस्था, ब्यवसायीको सम्बन्धित निकायमा दर्ता आबद्धता सम्बन्धि कागजातहरु सबैले देख्नेगरि राखे नराखेकोे, मुल्यसूची टाँसिएको नटाँसिएको जस्ता बिषयहरु हेरिएको थियो । साथै सोही अनुसार गर्न निर्देशन पनि दिईएको थियो ।
जिल्ला प्रशासन कार्यालय डोटीको नेतृत्वमा गरिएको संयुक्त अनुगमन टोलीमा प्रहरी, गुणस्तर तथा नापतौल कार्यालय, खाद्य नियन्त्रण तथा गुण नियन्त्रण डिभिजन, स्वास्थ्य कार्यालय, पत्रकार, उद्योग बाणिज्य संघ, साना तथा घरेलु उद्योग बिकास कार्यालय लगायतका निकायको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.