
घण्टेश्वर अनलाईन
दिपायल
दिपायल सिलगढी नगरपालिका स्थित अपाङ्ग अधिकार मञ्च नेपालको दोश्रो साधारण सभा शारदा बिष्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै दिपायलमा सम्पन्न भएको छ ।
साधारण सभाबाट निर्बाचित पदाधिकारीहरुमा उपाध्यक्ष रमेश खड्का, सचिब प्रसाद खड्का सह सचिब हर्कबहादुर खड्का र कोषाध्यक्षमा धौलीदेबी कठायत चयन हुनु भएको छ ।
यसै गरि सदस्यहरुमा क्रमस : सञ्जी नेपाली, काली देवी खड्का, राम देवी ओझा र गौरीलाल पार्की निर्वाचित भएको सो सँस्थाले जनाएको छ ।
दिपायल सिलगढी नगरपालिकालाई कार्यक्षेत्र बनाई स्थापना गरिएको अपाङ्ग अधिकार मञ्च नेपालको दोश्रो साधारण सभाको उद्घाटन गर्दै दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजीसिंह खड्काले अपाङ्गता भएका ब्यक्तिहरुलाई सशक्तिकरणको माध्यमबाट बिकासको मूल प्रवाहमा समाहित गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
दिपायल सिलगढी नगरपालिका क्षेत्रमा रहेका अपाङ्गता भएका ब्यक्तिहरुको सशक्तिकरण गर्दै आत्मनिर्भर बनाउन नगरपालिकाले योजना बनाउने प्रमुख खड्काको जोड थियो ।
उद्घाटन समारोहमा दिपायल सिलगढी नगरपालिकाका बिभिन्न वडाका वडा अध्यक्षहरु, बिभिन्न सँघ सँस्थाका प्रतिनिधीहरु, पत्रकारहरुको उपस्थिती रहेको थियो ।
अपाङ्ग अधिकार मन्च नेपाल दिपायल सिलगढी नगरपालिकालाइए कार्यक्षेत्र बनाई अपाङ्गता भएका ब्यक्तिहरुको हक अधिकारको पक्षमा काम गर्दै आएको छ ।