सायलका मुक्त हलियाका बालबालिकाहरुलाई शैक्षिक सामग्री बितरण

घण्टेश्वर अनलाईन
सायल, डोटी
सम बिकास केन्द्र नेपाल डोटीले सायल गाउँपालिकाका मुक्त हलिया परिवारका ४८ जना बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरेको छ ।
मुक्त हलियाका बालबालिकाहरुको पठन पाठनमा सहयोग उपलब्ध गराई स्कुल छोड्ने दरमा कमि ल्याउने उद्देश्यले शैक्षिक सामग्री बितरण गरिएको सम बिकास केन्द्र डोटीका अध्यक्ष अधिराज बिसीले बताउनु भयो ।
एक्सन एड नेपाल नोराडको आर्थिक सहयोगमा सम बिकास केन्द्र नेपालद्धारा सञ्चालित नेपालमा कृषिमा आधारित बधुवा श्रमको अन्त्य परियोजनाको सहयोगमा उक्त शैक्षिक सामग्री उपलब्ध गराईएको हो । बितरण गरिएका शैक्षिक सामग्रीहरुमा एक दर्जन कापी, एक दर्जन कलम, एक जोड पोशाक, एक झोला र एक थान औजार बक्सगरी २ हजार दुई सय छपन्न रुपैँया बराबरको सामग्री रहेको सम बिकास केन्द्र नेपाल डोटीले जनाएको छ । सम बिकास केन्द्र नेपाल डोटीद्धारा उपलब्ध गराईएको शैक्षिक सामग्रीहरु सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले साउन २६ गते एक समारोहका बिच मुक्त हलियाका बालबालिकाहरुलाई हस्तान्तरण गर्नु भयो ।
शैक्षिक सामग्री बितरण कार्यक्रममा बोल्दै सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले मुक्त हलियाहरुका सवाललाई गाउँपालिकाले प्राथमिकता सूचिमा राखेर वार्षिक कार्यक्रममा समाबेश गरेको बताउनु भयो ।
मुक्त हलियाका बालबालिकाहरुको गरिबीका कारण स्कुल छोड्ने दर उच्च रहेको बताउदै अध्यक्ष जोशीले शैक्षिक सामग्री बितरणले बिद्यालय निरन्तरतामा सहयोग पुग्ने धारणा ब्यक्त गर्नु भयो ।

Leave A Reply

Your email address will not be published.