घण्टेश्वर अनलाईन
जोरायल
जोरायल गाउँपालिका वडा नंं ३ का बिभिन्न स्थानमा रहेका गाँजा नष्ट गर्न थालिएको छ । ईलाका प्रहरी कार्यालय जोरायलको अगुवाईमा आज देखि गाँजा नष्ट गर्ने अभियान थालिएको वडा नं ३ का वडा अध्यक्ष नबिन ओझाले बताउनु भयो ।
गाँजा नष्ट अभियानमा स्थानीय युवा क्लब, बाल क्लब लगायत स्थानीयको उल्लेख्य सहभागिता रहेको छ ।
स्थानीय युवाहरु गाँजा लगायतका कुलतमा सँलग्न रहेको गुनासो आएपछि गाँजा बिरुद्ध युवा तथा बालबालिकाको सहभागितामा अभियान थालिएको प्रहरीले जनाएको छ ।
अभियान अन्तरगत स्थानीय युवा तथा वालवालिकाहरुलाई गाँजा लगायत लागु औषध बिरुद्ध जानकारी प्रवाह गर्दै सार्बजनिक स्थानमा रहेका गाँजा(भाँगो) फडानी गरिने बताईएको छ ।