कबिराम डाँगी
गैरा
बजार व्यवस्थापन समिति घण्टेश्वरको पहलमा स्थानीय बजारहरु सरसफाई अभियान शुरु गरिएको छ ।
धनगढी डडेल्धुरा भिमदत्त पन्त राजमार्ग अन्तरगत पर्ने गोल्डेन देखि गैराबजार सम्म स्थानीय बासिन्दाहरुको सहभागितामा बजार सरसफाई अभियान शुरु गरिएको हो । अभियान गैरा बजारबाट शुरु गरिएको र क्रमस बेल्चापलान, घोरडी, गोगनपानी, खडिना र गोल्डेनका स्थानीय बजार पनि सरसफाई गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ ।
हालैमात्र गठन गरिएको बजार व्यवस्थापन समिति गैराको अगुवाईमा बजार वरपर ढल निकास, फोहर बिसर्जन लगायतका काम गरिरहेको गैराका स्थानीय व्यवसायी मोहन मल्लले जानकारी दिनु भयो ।
जोरायल गाउँपालिका वडा नंं १ अन्तरगत पर्ने गोल्डेन देखि गैरा बजारमा स्थानीय बासिन्दाको अगुवाईमा सरसफाई कार्यक्रमलाई निरन्तरता दिईने बजार व्यवस्थापन समितिका अध्यक्ष देबबहादुर ओलीले बताउनु भयो ।