घण्टेश्वर अनलाईन, सिलगढी
सामुदायिक बिकास केन्द्र डोटीले कार्यक्षेत्रका वालवालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
सामुदायिक विकास केन्द्र डोटी र वल्र्ड भिजन इन्टरनेशनल नेपाल बिचको साझेदारीमा संचालन भईरहेको कभर २ परियोजना अन्तरगत कार्यक्षेत्रमा पर्ने बिभिन्न बिद्यालयका बाल विकास देखि कक्षा ५ सम्मका १ हजार ९१ जना वालवालिकाहरुलाई स्व–अध्ययन सामग्री वितरण गरिएको उक्त सँस्थाले जनाएको छ ।
परियोजनाको कार्यक्षेत्र रहेको पुर्विचौकी गाँउपालिका वडा नं. १ मा ४ सय ४८ जना, सायल गाउँपालिका वडा ४ र ५ मा ४ सय ७६ जना र आर्दश गाँउपालिका वडा १ मा १ सय ६७ गरि जम्मा १ हजार ९१ जना वालवालिकाहरुलाई सामग्री प्रदान गरिएको परियोजना संयोजक टंक जोशीले जानकारी दिनु भयो ।
परियोजना अन्तरगत बितरण गरिएका सामग्रीहरुमा स्व–अध्ययन पुस्तक, कपी, पेन्सील, इरेजर, साईनपेन र सापनर जस्ता रहेका छन । कोभिडबाट प्रभावित भई विद्यालय बन्द रहेको र विद्यार्थीले नयाँ पाठ्यपुस्तक पनि नपाएको समयमा उनीहरुको सिकाई निरन्तरका लागी उक्त सामग्री वितरण गरिएको परियोजनाले जनाएको छ ।
यसैगरि डोटीको सायल, आदर्श, पुर्विचौकी र दिपायल सिलगढीका जम्मा ७ हजार ५ सय जना बालबालिकालाई स्व–अध्ययन सामग्री आसाढ २९ गतेबाट निरन्तर चलिरहेको बताईएको छ ।