Prem

सुदूरपश्चिममा ट्राफिक नियम उल्लँघन गर्ने क्रम बढ्दो

एक बर्षको अबधिमा करिब साढे ५ करोड राजस्व सँकलन

घण्टेश्वर अनलाईन
अत्तरिया, कैलाली
सुदूरपश्चिममा ट्राफिक नियम उल्लँघन गर्ने क्रम बढ्दो रुपमा देखिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरीयाका अनुसार आ.बं. २०७८।७९ मा मात्रै ९७ हजार जना सडक कारबाहीमा परेका छन ।
सुदूरपश्चिम प्रदेशमा ट्राफिक नियम उल्लँघन गर्ने सवारी साधनहरुबाट आर्थिक बर्ष २०७८।७९ मा ५ करोड ४१ लाख ९५ हजार राजस्व सँकलन भएको छ ।
नेपाल प्रहरीको अत्तरिया स्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले दिएको जानकारी अनुसार एक बर्षको अबधीमा उक्त राजस्व सँकलन भएको हो ।
सुदूरपश्चिमका अत्तरीया कार्यालय र मातहतका जिल्ला कार्यालयहरुले ट्राफिक सडक सुरक्षा अन्तरगत नियमित सवारी चेकजाँच कडाई गरेका कारण ट्राफिक नियम उल्लँघन गर्ने सवारी साधनबाट उक्त राजस्व सँकलनमा बृद्धि भएको र यसले गर्दा सडक दुर्घटनामा पनि कमि आएको कार्यालयले जनाएको छ ।
गत आ.बं. मा सबैभन्दा बढी कैलाली जिल्लामा ३ करोड २ लाख ५१ हजार रुपयाँ र सबै भन्दा कम बाजुरा जिल्लामा र १२ लाख ८६ हजार ५ सय रुपयाँ राजस्व संकलन भएको कार्यालयको तथ्याँकमा उल्लेख छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७७।०७८ मा सुदूरपश्चिम प्रदेशमा ४ करोड ५७ लाख ६७ हजार राजस्व सँकलन भएको कार्यालयको तथ्याँकमा उल्ल्ेख छ ।

Leave A Reply

Your email address will not be published.