घण्टेश्वर अनलाईन
जोरायल, डोटी
स्थानीय तह निर्बाचन २०७९ मा जोरायल गाउँपालिकाका बिभिन्न पदमा उम्मेदवारी दिएका ७५ जना उम्मेदवारहरुले निर्बाचन खर्च विवरण पेश नगरेको पाईएको छ ।
निर्बाचन आयोगको वेवसाईटमा राखिएको विवरण अनुसार ७५ जनाले निर्बाचनमा भएको खर्चको विल भरपाई पेश नगरेको र बाँकी ३३ जना उम्मेदवारहरुले बिलम्ब गरि विवरण पेश गरेका छन ।
स्थानीय तह निर्बाचनमा बिभिन्न राजनैतिक दलबाट जोरायल गाउँ कार्यपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यहरु गरि १ सय ८ जना उम्मेदवारहरुले उम्मेदवारी दिएका थिए ।
निर्बाचन आयोग ऐन २०७३ को दफा २५ बमोजजम राजनीतिक दल वा उम्मेदवारहरुले निर्बाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिन भित्र निर्बाचनमा भएको खर्चको बिल भरपाई सहित आयोगले तोकेको कार्यालयमा पेश गर्नु पर्ने, स्थानीय तह निर्बाचन २०७३ को दफा ६४ को उप दफा ४ बमोजिम निर्बाचनको खर्चको विवरण दल वा उम्मेदवारहरुले निर्बाचन परिणाम भएको मितिले ३० दिन भित्र बुझाउनु पर्ने, स्थानीय तह निर्बाचन नियमावली २०७३ को नियम ४० बमोजिम उम्मेदवार वा निजको निर्बाचन प्रतिनिधीले निर्बाचनको अबधिमा निर्बाचनमा भएको सम्पूण खर्चको विवरण तोकिएको ढाँचामा निर्बाचन परिणाम घोषण भएको मितिले ३० दिन भित्र सम्बन्धित प्रदेश वा जिल्ला निर्बाचन कार्यालयमा बुझाउनु पर्ने कानूनी व्यवस्था रहेको छ ।
जोरायल गाउँपालिकाबाट गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिएका मध्य एकीकृत समाजवादीका किरन मल्ल, राजमोका रमेश वस्ती, उपाध्यक्षका उम्मेदवारहरु क्रमस माओवादी केन्द्रकी प्रेमा ओली र नेपाली काँग्रेसकी चन्द्राकुमारी साउँदले विवरण पेश नगरेको र एमालेका तर्फबाट गाबिस अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमूना बोहरा र नेपाली काँग्रेसका दीपकबहादुर बिष्टले बिलम्ब रुपमा खर्च विवरण पेश गरेको आयोगको वेवसाईटमा उल्लेख गरिएको छ ।
यसै गरि वडाअध्यक्षहरुमा वडा नंं १ मा एमालेका जगतबहादुर मल्लले बिलम्ब रुपमा विवरण बुझाएका छन भने वडा अध्यक्षका उम्मेदवारहरुमा नेपाली काँग्रेसका मोहनबहादुर मल्ल, एकीकृत समाजवादी पार्टीका बमबहादुर मल्ल र राप्रपाका टेकबहादुर मल्लले विवरण पेश गरेका छैनन ।
वडा नंं २ मा वडा अध्यक्षका उम्मेदवारहरुमा राप्रपाका गणेशबहादुर ऐर, नेपाली काँग्रेसका रामदत्त भट्राई, माओवादी केन्द्रका सिद्ध जेठाराले विवरण पेश नगरेको र एमालेका बिरबहादुर दर्लामीले बिलम्ब गरि विवरण पेश गरेका छन ।
आयोगको वेवसाईटमा उल्लेख गरिएको विवरण अनुसार वडा नं. ३ मा वडा अध्यक्षका उम्मेदवारहरुमा एमालेका कलिसिंह खत्री, माओवादी केन्द्रका घनश्याम ओली, राप्रपाका डिलबहादुर खत्री र राजमोका मानबहादुर खड्काले निर्बाचन खर्च विवरण बुझाएका छैनन भने नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार नविन ओझाले बिलम्ब गरि विवरण पेश गरेका छन । जोरायल गाउँपालिकाको वडा नंं ४ मा एमालेका नन्दराज भट्ट र नेपाली काँग्रेसका जितेन्द्र बोहराले बिलम्ब गरि विवरण पेश गरेको र एकीकृत समाजवादीका बहादुर रावल, राजमोका ताराप्रसाद भट्टले विवरण पेश नगरेको निर्बाचन आयोगले जनाएको छ ।
यसैगरि वडा नं. ५ मा वडाअध्यक्षका उम्मेदवारहरु राप्रपाका चक्रबहादुर बोगटी, एमालेका चेतबहादुर बिष्ट, माओवादी केन्द्रका डबल ताम्राकारले निर्बाचन खर्च विवरण नबुझाएको र नेपाली काँग्रेका ध्वजबहादुर देउवाले विलम्ब गरि विवरण पेश गरेका छन ।
निर्बाचन खर्च विवरण नबुझाउनेहरुमा वडा नंं ६ मा वडा अध्यक्षका उम्मेदवारहरुमा नेपाली काँग्रेसका नरबहादुर बोहरा, एकीकृत समाजवादीका लालबहादुर साउँद रहेका छन भने एमालेका गणेशबहादुर बोहराले बिलम्ब गरि निर्बाचनमा भएको खर्च विवरण पेश गरेका छन ।
यसै बिच निर्बाचन आयोगले तोकिएको समयमा निर्बाचन खर्च विवरण नबुझाउने स्थानीय तहका उम्मेदवारहरुलाई कारवाही शुरु गरेको छ ।
आयोगले २०७९ श्राबण महिनाको ३१ गते एक प्रेस बिज्ञप्ती जारी गर्दै कानूनले तोकेको समयमा निर्बाचन खर्च विवरण नबुझाउने स्थानीय तहका उम्मेदवारहरुलाई ७ दिन भित्र सम्बन्धित जिल्लाको जिल्ला निर्बाचन कार्यालय अधिकृतको कार्यालय मार्फत स्पष्टिकरण बुझाउन आदेश दिएको छ ।
आयोगले तोकिएको समयमा निर्बाचन खर्च विवरण के कुन कारणले नबुझाएको हो ? तोकिएको समयमा निर्बाचन खर्च नबुझाएकोमा तपाईहरुलाई निर्बाचन आयोग ऐन २०७३ को दफा २६ बमोजिम किन कारवाही गर्नु नपर्ने हो ? भनि ७ दिन भित्र स्पष्टिकरण पेश गर्न भनेको छ ।
निर्बाचन आयोगको प्रेस बिज्ञप्ती पढ्न तलको लिँकमा क्लिक गर्नु होस
निर्वाचन खर्च ढिलो बुझाउनेका स्पष्टीकरण सूचना.pdf (election.gov.np)