घण्टेश्वर अनलाईन
सिलगढी
डोटीमा यस बर्षको हरितालिका तीज बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईने भएको छ ।
दिपायल सिलगढी नगरपालिका, नेपाली सेनाको भैरव प्रसाद गण त्रिबेणी एफ.एमको सँयुक्त आयोजनामा हरितालिका तीजको अवसरमा यही भदौ ७ गते देखि १४ गतेसम्म तीज खेल प्रतियोगिता, दरखाने कार्यक्रम र डेउडा गीत प्रतियोगिता लगायतका कार्यक्रमहरु आयोजना गरिने आयोजकहरुले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएका छन ।
उप मेयर कप महिला तीज खेलकुद प्रतियोगिता नाम दिईएको उक्त प्रतियोगिता अन्तरगत भदौ ७ र ८ गते कबड्डी प्रतियोगिता, ९ र १० गते भलिबल प्रतियोगिता , १० र ११ गते फुटबल प्रतियोगिता सन्चालन गरिने छन । यसैगरि तीजकै अवसरमा १० गते सिलगढीमा र ११ गते दिपायलमा महिलाहरुलाई दर खुवाउने र तीज गितमा नाचगानको कार्यक्रम आयोजना गरिने दिपायल सिलगढी नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार तीजको अवसरमा आयोजना गरिने बिभिन्न प्रतियोगिताहरु सिलगढी स्थित टुँडिखेलमा र दरखाने कार्यक्रम सिलगढी टुँडिखेल र दिपायल स्थित दिल्पेश्वर मठमा आयोजना हुनेछ । उक्त अवसरमा नेपाली सेनाको भैरब प्रसाद गणले नि:शुल्क स्वास्थ्य शिबिरको आयोजना गर्ने जनाएको छ । तीज खेल प्रतियोगितामा आयोजना गरिने खेलहरुमा जिल्लाका ९ वटै स्थानीय तहबाट महिलाहरुको सहभागिता रहने छन । हरेक खेल प्रतियोगितामा प्रथम हुने टिमलाई १५ हजार , द्वितीय टिमलाई १० हजार र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगितामा सहभागि हुनेले दिपायल सिलगढी नगरपालिका र भैरव प्रसाद गण सिलगढीमा टीम दर्ता गर्न सकिने नगरपालिकाले जनाएको छ ।
