घण्टेश्वर अनलाईन
सिलगढी, डोटी
नेपाली सेना व्यावसायिक तालिम केन्द्रद्वारा आयोजना गरिएको ३ महिने सिलाई कटाई तालिम (लेवल १) आजबाट डोटीमा शुरु भएको छ ।
सिलगढी स्थित भैरव प्रसाद गणमा आयोजना गरिएको उक्त तालिमको आज एक कार्यक्रमका बिच सैनिक श्रीमती संघ पश्चिम कमाण्डकी सल्लाहाकार अनिता जोशीले उद्घाटन गर्नु भयो ।
तालिम कार्यक्रमको उद्घाटन गर्दै सल्लाहकार जोशीले महिलाहरु समय अनुसार आफ्नो रुचि र चाहना अनुसार सीपमूलक तालिम लिएर आत्मनिर्भर हुनु पर्ने कुरामा जोड दिनु भयो ।
कार्यक्रममा बोल्दै भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले तालिम कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै महिलाहरुलाई स्वरोजगार बनाउनका लागि सीपमूलक तालिम कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
डोटी जिल्लामा बसोबास गर्ने सैनिक हिताधिकारी परिवारका २० जना महिलाहरुको सहभागिता रहेको उक्त तालिम कार्यक्रममा नेपाली सेनाका दक्ष प्रशिक्षकहरुद्धारा राजपूरमा तालिम प्रदान गरिने भैरव प्रसाद गणले जनाएको छ ।
नेपाली सेनाले सैनिक हिताधिकारी परिवारलाई लक्षित गरि सिलाई कटाई, अचार बनाउने, ब्यूटीसियन, मन्टेश्वरी जस्ता सीपम”लक तालिमहरु संचालन गर्दै आइरहेको छ ।
