दिपायल सिलगढी नगरपालिकाले तिखा गाउँसम्म नगर बस सेवा बिस्तार गर्ने

घण्टेश्वर अनलाईन
सिलगढी, डोटी
डोटीको दिपायल सिलगढी नगरपालिकाले नगर बस सेवालाई वडा नम्बर १ को तिखासम्म बिस्तार गर्ने भएको छ ।
नगरवासीलाई सर्बसुलभ रुपमा यातायात सेवालाई बिस्तार गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
सिलगढीबाट वडा नंं १ को तिखा सम्म बिस्तार हुन लागेको नगरवस सेवाको दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख बिजय खड्काले आज एक कार्यक्रमका बिचमा उद्घाटन गर्नु भयो ।
वडा नंं १ को तिखामा आयोजना गरिएको कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले सडकलाई स्तरोन्नती गर्दै सबै वडामा सेवा बिस्तार गरिने जानकारी दिनु भयो ।
उक्त अवसरमा वडा नंं १ वडाबासीले नगर प्रमुख सहितको टोलीले टिका अबिर लगाएर स्वागत गरेका थिए । दिपायलको पिपल्ला बजारबाट ९ किलोमिटर दूरीमा रहेको तिखा सम्म ५० रुपैया भाडा निर्धारण गरिएको छ । यस अघि स्थानीय बासिन्दाहरु १ सय भाडा तिरेर यात्रा गर्ने गरेका थिए । हाललाई नगरवसले बिहान र बेलुकी गरि दिनमा २ पटक सेवा दिने नगरपालिकाले जनाएको छ ।
बिगत ५ बर्ष देखि दिपायल सिलगढी नगरपालिकाले सन्चालनमा ल्याएको नगर वसले सिलगढीबाट राजपूर, पिपल्ला, उडितोला र लडागडा सम्म सेवा दिदै आएको छ । हाल दिपायल सिलगढी नगरपालिका सँग ३ वटा नगरवस रहेका छन ।

Leave A Reply

Your email address will not be published.