डडेल्धुराका भदौ २१ गते देखि ‘राष्ट्रिय गौरा महोत्सव’ २०७९ आयोजना हुने

llc

अमर साउँद
डडेल्धुरा
डडेल्धुरा जिल्लामा बिगत बर्ष झै यस बर्षपनि राष्ट्रिय गौरा महोत्सब २०७९ आयोजना हुने भएको छ। यस बर्षको गौरा महोत्सब यही भदौ महिनाको २१ देखि २४ गते सम्म डडेल्धुराको बसपार्कमा आयोजना हुने राधाकृष्ण मन्दिर विकास समितिल डडेल्धुराले जनाएको छ ।
गैरा पर्वको अवसरमा गौरानाच, वालो नाच, चैत, धुमारी, फाग, घुईचम्फा, हुड्केली, महिला तथा पुरुष देउडा जस्ता सांस्कृतिक कार्यक्रमहरू हुने राधाकृष्ण मन्दिर विकास समिति डडेल्धुराका अध्यक्ष देवराज भट्टले बताए ।
सुदूरपश्चिमको मौलिक सँस्कृतिको सँरक्षण तथा सम्बद्र्धन गर्न तथा मौलिक परम्परा, सँस्कृतिको पुस्तान्तरण गर्ने महोत्सबको उद्देश्य रहेको समितिले जनाएको छ ।
जिल्लाका बिभिन्न सरकारी तथा गैरसरकारी निकायको समेत सहयोग र सहभागितामा आयोजना हुन लागेको गौरा महोत्सबमा डडेल्धुरा जिल्लाका अतिरिक्त छिमेकी जिल्लाका दर्शकहरुको समेत सहभागिता रहने आयोजकले जनाएका छन ।
महोत्सबमा डडेल्धुरा जिल्लाका अतिरिक्त सुदूरपश्चिमका चर्चित कलाकारहरुको समेत सहभागिता रहने बताईको छ ।

Leave A Reply

Your email address will not be published.