खलँगा खानेपानी उपभोक्ता तथा सरसफाई समिति डडेल्धुराको निर्बाचन भदौ ११ गते सम्पन्न हुने

घण्टेश्वर अनलाईन
डडेल्धुरा
डडेल्धुराको खलंगा खानेपानी उपभोक्ता तथा सरसफाई समिति निर्बाचन यही भदौ ११ गते सम्पन्न्न हुने भएको छ ।
समितिको अध्यक्ष पदको लागि चारजनाले प्रतिष्पर्धा गर्ने भएका छन । निर्बाचन समितिले सार्बजनिक गरेको उम्मेदवारहरुको अन्तिम नामावली अनुसार अध्यक्ष पदको लागि दीलबहादुर थापा, खड्कबहादुर थापा, यज्ञबहादुर थापा र जोगराज ऐर उम्मेदवारी दिएका छन ।
खलंगा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका कार्यालय प्रमुख इन्द्र महराका अनुसार पदका लागि प्रतिष्पर्धा गर्नेहरुमा उपाध्यक्ष पदमा सुन्दर जैरु, जयन्ती बुढाऐर, सागर नगरकोटी र टेकराज ओझा, सचिवमा देवकी भट्ट बोहरा, लक्ष्मी थापा र पदमकुमारी उप्रेती ओझा रहेका छन । यसै गरि कोषाध्यक्ष पदमा भने इन्द्रबहादुर ऐर निर्विरोध निर्बाचित भएका छन

यस्तै दुई जना महिला सदस्य पदको लागि कमलादेवी शाहु, जुवी खड्का केसी, सुनिता रुचाल गैरे र पदमा भण्डारीको उम्मेदवारी परेको छ । उता पुरुष सदस्य पदमा भने गणेश बिष्ट, भीमबहादुर महर र सुदिप जैरु सदस्यमा निर्विरोध चयन भएका छन । खलंगा खानेपानी उपभोक्ता तथा सरसफाई समितिमा एक हजार ५६ जना उपभोक्ताहरु मतदाता रहेका छन ।
खलंगा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर २, ४, ५ र ८ मा खानेपानी वितरण गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.