बोगटानको चनुकाँडा नजिक ट्याक्टर दुर्घटना हुँदा एक बालककोे मृत्यु

घण्टेश्वर अनलाईन
सिलगढी
डोटीको बोगटानमा बुधवार बेलुकी ट्याक्टर दुर्घटना भएको छ । ट्याक्टर दुर्घटनामा परि एकजना १७ बर्षिय बालकको मृत्यु भएको प्रहरी चौकी चनुकाँडाले जनाएको छ ।

ट्याक्टर दुर्घटनामा परि  डोटी बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७ चनुकाँडा निवासी रामबहादुर भुलका १७ बर्षिय छोरा जीवन भुलको ट्याक्टरको अगाडीको चक्का मुनि परि घटनास्थलमै मृत्यु भएको र अर्का ट्याक्टर दुर्घटनामा परि घाईते चनुकाँडा निवासी नारायण बमको छोरा बर्ष १३ को पारस बमको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

खत्याडी माद्यमिक विद्यालयको लागि टुँडागाडबाट बालुवा लिएर खत्याडी जाँदै गरेको सुप प्र ०१००२ त ४७७६ को ट्याक्टर बुधवार साँझ ६ बजेतिर चनुकांडाको फुलेढुङ्गामा दुर्घटना भएको प्रहरी चौकी चनुकाँडाका वरिष्ठ हवल्दार लक्षि नाथले जानकारी दिनु भयो ।
दुर्घटनाको कारण खुल्न सकेको छैन । अहिले ट्याक्टर चालक प्रेम चौधरी प्रहरीको नियन्त्रणमा छन् ।

Leave A Reply

Your email address will not be published.