घण्टेश्वर अनलाईन
सिलगढी
बि.स. २०७८ SEE ग्रेडबृद्धी पुरक परीक्षा यही भदौ महिनाको ११ र १२ गते सन्चालन हुने भएको छ । परीक्षाको सबै तयारी पुरा भएको शिक्षा बिकास तथा समन्वय ईकाइ डोटीले जनाएको छ ।
सो कार्यालयका प्राबिधिक सहायक पदम साउँदले दिनु भएको जानकारी अनुसार ग्रेडबृद्धी पुरक परीक्षा अन्तरगत डोटी जिल्लामा तोकिएका ५ वटा परीक्षा केन्द्रबाट २ हजार ६५ जना परीक्षार्थीहरु सहभागि हुने छन ।
सिलगढी स्थित पद्म पब्लिक मुक्तिनारायण माबि सिलगढीमा १८ बिद्यालयका ४ सय ४३ जना, राधाकृष्ण माबि गोपघाटमा १६ बिद्यालयका ३ सय ७३ जना, सुजँग माबि राजपुरमा १९ बिद्यालयका ४ सय २२ जना परीक्षार्थी रहेका छन ।
यसैगरि दिल्पेश्वर माबि दिपायलमा २४ बिद्यालयका ४ सय ६७ जना र रामपुर माबि बुडरमा २० बिद्यालयका ३ सय ६० जना परीक्षार्थीहरु ग्रेडबृद्धी परीक्षामा सहभागि हुने शिक्षा बिकास तथा समन्वय ईकाइ डोटीले जनाएको छ ।
