नवौ बृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा डोटी जिल्लाबाट २ सय ७६ जना खेलाडीहरु सहभागि हुने

घण्टेश्वर अनलाईन
सिलगढी
नवाै बृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा डोटी जिल्लाबाट २ सय ७६ जना खेलाडीहरु सहभागि हुने भएका छन । आगामी असोज २८ गतेदेखि पोखरामा हुन गईरहेको नवौ बृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताको लागि डोटीबाट करिब ४ सय खेलाडीहरुले आबेदन दिएकोमा २ सय ७६ खेलाडी छनौट गरिने जिल्ला खेलकुद बिकास समिति डोटीले जनाएको छ ।
नवौ बृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा १७ बिधाका खेलमा सहभागिता जनाउने गरि तयारी गर्दैछौं, जिल्ला खेलकुद बिकास समिति डोटीका अध्यक्ष प्रकाश शाहीले जानकारी दिनु भयो । यही भदौ १४ गतेभित्र सबै बिधाका खेलाडीहरूको छनोट गरि सक्ने र केही बिधामा स्वर्ण पदक जित्ने गरि तयारीमा लागेका छौं, अध्यक्ष शाहीले बताउनु भयो ।
खेलाडी छनौटको सन्दर्भमा शुक्रबार विहान खप्तड रँगशाला राजपुरमा छनौट खेलको आयोजना गरिने भएको छ । खेलाडी छनौटको लागि आबश्यक खेल सामग्री र आबश्यक अन्य तयारी पुरा भईसकेको छ । शुक्रबार नै क्रिकेट र हेन्डबल खेलको लागि खेलाडी छनौट गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.