घण्टेश्वर अनलाईन
सिलगढी
जिल्ला समन्वय समिति डोटी र सिड नेपाल डोटीद्धारा आयोजना गरिएको जिल्ल वाल भेलाबाट जिल्ला बाल क्लब सन्जालको नयाँ नेतृत्व चयन गर्दै सिलगढीमा सम्पन्न भएको छ । जिल्ला भेलाले जिल्लामा वालवालिकाको बर्तमान अवस्थाको वारेमा छलफल गर्दै कार्य योजना समेत निर्माण गरिएको सिड नेपालले जनाएको छ । जिल्ला भेलाबाट निर्बाचित नयाँ नेतृत्वमा अध्यक्ष सपना मलासी (दिपायल सिलगढी नगरपालिका), उपाध्यक्ष अर्जुन साउँद (सायल गाउँपालिका), सचिब रोशन बोगटी (पूर्बिचौकी गाउँपालिका), सह सचिब दिपीका शाह (बडिकेदार गाउँ पालिका) र कोषाध्यक्ष दिक्षा नेपाली(जोरायल गाउँ पालिका) रहेका छन ।
यसै गरि सदस्यहरुमा क्रमस : जस्टिना मल्ल(शिखर नगरपालिका), दीपक नेपाली ( आदर्श गाउँपालिका), खड्क बोहरा( बोगटान फुड्सिल गाउँ पालिका), कबिता राणा (केआई सिंह गाउँ पालिका), अँकित श्रेष्ठ (दिपायल सिलगढी नगरपालिका) र प्रेम पाठक( आदर्श गाउँ पालिका रहेका छन ।
वल्र्डभिजन ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा आयोजना गरिएको जिल्ला बाल भेलामा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मणबहादुर सिंहले वाल अधिकार सबैको साझा सरोकार भएकाले वाल अधिकारको सँरक्षण र सम्बद्र्धनको लागि सबैले आ आफ्नो ठाउँबाट लाग्नु पर्ने कुरामा जोड दिनु भयो ।
यसैगरि जिल्ला समन्वय समितिका उप प्रमुख स्मृति चुनाराले पछिल्लो समयमा वालवालिकाहरु कुलतमा सँलग्न रहेको पाईएकाले वालवालिकालाई कुलतबाट जोगाउन काम गर्नु पर्ने खाँचो औंल्याउनु भयो ।
जिल्ला बाल क्लब सन्जाल गठन तथा परिचालन सम्बन्धि कार्यबिधि निर्माण गर्न र जिल्लामा बालबालिकाको क्षेत्रमा देखिएका सवालहरुको पहिचान, समाधानको लागि कार्य योजना निर्माण गर्ने उद्देश्यले जिल्ला वाल भेलाको आयोजना गरिएको जिल्ला समन्वय अधिकारी खेमराज गुरुङ्गले जानकारी दिनु भयो । दुई दिन सम्म सन्चालित जिल्ला वाल भेलाको पत्रकार तथा मानवअधिकारकर्मी रामहरी ओझाले सहजिकरण गर्नु भएको थियो ।उक्त जिल्ला भेलावाट जिल्ला बाल क्लब सन्जाल गठन तथा परिचालन सम्बन्धि कार्यबिधी २०७९ को मस्यौदा तयार गरि जिल्ला समन्वय समिति डोटीका प्रमुखलाई हस्तान्तरण गरिएको थियो ।
उक्त जिल्ला भेलामा डोटीका ९ वटै स्थानीय तहका महिला तथा बालबालिका शाखा प्रमुखहरु, महिला तथा वालवालिकाका क्षेत्रमा काम गर्ने सँस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको सिड नेपालले जनाएको छ ।

