घण्टेश्वर अनलाईन
डडेल्धुरा
डडेल्धुरा जिल्लामा सुदूरपश्चिम प्रदेश स्तरीय सात दिने युवा योग प्रशिक्षण शिविर आयोजना हुने भएको छ। पतञ्जली योग समिति डडेल्धुराको आयोजनामा यही भदौ २० देखि २६ गतेसम्म संचालन हुने योग शिबिरको आवश्यक तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष कैलाशकुमार पाण्डेयले जानकारी दिनु भयो ।
पतञ्जली योग समिति डडेलणधुराले शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गरि उक्त योग प्रशिक्षण शिबिरमा सुदूरपश्चिमका ९ वटै जिल्लाका युवाहरुको सहभागिता रहने जानकारी गराएको छ । अध्यक्ष पाण्डेयका अनुसार सुदूरपश्चिमका हरेक जिल्लाबाट ४।४ जना युवाहरु र डडेल्धुरा जिल्लाका हरेक स्थानीइ तहबाट २।२ जना गरि १४ जनाको सहभागिता रहने छ ।
पतञ्जली योग समिति युवा नेपाल प्रमुख साध्वी पुज्य डा.देव विजयाले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । शिबिरमा योग अभ्यास, शारीरिक व्यायाम, बौद्धिक सत्र, आत्म रक्षासम्बन्धमा युवाहरूलाई प्रशिक्षण दिइने पतञ्जली योग समिति सुदूरपश्चिमका प्रभारी गोविन्द खडायतले बताउनु भयो ।
युवाहरूलाई योगतर्फ आकर्षण गर्न र योग सम्बन्धि कुराको समुदाय सम्म प्रचार प्रसार गर्ने उद्देश्यले आयोजना गरिएको योग प्रशिक्षण शिविर हरेक दिन बिहान ५ बजेदेखि राति सवा ८ बजेसम्म संचालन हुने आयोजकले जानकारी दिएका छन ।